Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० माघ ०८ गते सोमबार

क्रान्तिकारी युवा संगठनले यी बिषय अगाडि सार्दै आन्दाेलनकाे चेतावनी

क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटिले भ्रष्टाचारी, कमिसन खोरीदेखि सरकारी अनुदान लिएर दुरुपयोग गर्नेमाथि कार्बाहीको चेतावनी दिएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पाटी निकट युवा संगठन नेपाल सुप प्रदेशले प्रदेशमा रहेका सरकारी निकामा हुने अनियमितता, भ्रष्टाचारदेखि घुसखोरी बिरुद्धमा एक्सनमा उत्रिने चेतावनी दिएको हो ।

सोमबार युवा संगठन नेपाल सुप प्रदेश कमिटिले धनगढीमा पत्रकार सम्मेलन गर्दै बेथिति बिरुद्धमा संघर्षमा उत्रिने चेतावनी दिएको छ । युवा संगठन नेपाल सुप प्रदेश कमिटिका संयोजक दिपेन्द्र सिह ऐरले बेथिति बिरुद्धमा संगठनले एक्सनमा उत्रिने बताए ।

संयोजक ऐरका अनुसार सुप प्रदेश सरकारलाई सरकारी उद्योग, कलकारखाना उद्योग संचालनका लागि दवाव दिने, सीमा क्षेत्रमा भारतीय पक्षबाट हस्तक्षेप भईरहका विषय अघि सारेर परराष्ट्रम्रन्त्री एव मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा भईरहेको व्यापारिकरण बिरुद्ध संघर्ष गर्ने, भ्रष्टाचारीलाई कार्बाही गर्ने, कञ्चनपुर–कैलालीका हुलाकी सडक निर्माणमा दवाव दिने, तीनै तहका जनप्रतिनिधीले लिने २८देखि ३० प्रकासरका भत्ता खारेजी, सरकारी सवारी साधन दुरुपयोग रोक्ने, हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि दवाव दिने, सार्वजनिक सम्पत्ती दुरुपयोग गर्ने, अपचलन गर्ने बिरुद्धमा कार्बाही गर्ने, लघुवित्त, बैंक वित्तिय संघ संस्थाहरुको ठगि बिरुद्धमा संघर्ष गर्ने, सरकारी अनुदान दुरुपयोग बिरुद्धमा जाने, किसानको बस्तु तथा सेवा उत्पादनलाई बजारीकरण गर्न दवाव दिने, सुप प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने बताए । संयोजक ऐरले उक्त एजेण्डा अघि सारेर आन्दोलनका कार्यक्रम गर्ने चेतवानी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>