Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०९ गते मङ्गलबार

एकल महिलालाई आयआर्जनमा जाेड्न लालझाडिमा कुखुरा पालन तालिम

कञ्चनपुरको लालझाडी गाउँपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा एकल महिलाका लागि जिविकोपार्जन अन्तर्गत कुखुपालन सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।

मंगलबार वडा नम्बर २ मा तालिम सञ्चालन गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एकल महिलाहरुको जीवनस्तर माथी उकास्नका लागि लालझाडी गाउँपालिकाले कुखुरा पालन, बाख्रापालन, भैसीपालन र तरकारी खेतीमा जोड दिँदै आएको बताउनु भयो । पशु शाखा प्रमुख बिसनसिंह बिष्टले तालिमको सहजीकरण गरिरहनु भएको छ । कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा तालिम सम्पन्न भएको महिला, बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख मानमति भट्ट ओझाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>