Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०९ गते मङ्गलबार

दोधारा चाँदनीमा एक हप्ते गुडिया बनाउने तालिम सम्पन्न

दोधारा चाँदनीमा एक हप्ते गुडिया बनाउने तालिम सम्पन्न भएको छ् । नेपाल सरकार बाणिज्य तथा आपुर्ती मन्त्रलायको सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम बिकास शाखा कार्यालयको आयोजनामा दोधारा चाँदनी नगरपालिका– १० का महिलाहरुलाई समेटेर एक हप्ते गुडिया बनाउने तालिम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले जानकारी दिएका छन् । तालिमको प्रशिक्षकमा छाया चन्द रहेका थिए । आज एक कार्यक्रमको बिच गुडिया बनाउने तालिम सम्पन्न गरिएको छ् । समापन सत्रमा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपािलका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य बब्ली सुनार, महाविर रोकाया, तालिमका प्रशिक्षक छाया चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्ट लगाएत तालिमका सहभागी महिलाहरुको सभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्यहरुले प्रमाण पत्र बितरण प्रदान गरेका थिए । तालिममा वडा क्षेत्रमा रहेका ३५ जना महिलाहरुको सहभागिता रहेको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । गुडिया बनाउने तालिमको समापन सत्रमा उपमेयर गंगा देबी जोशीले महिलाहरुको ब्यक्तित्व विकास हुनुका साथै जिविकोपार्जनको पनि बाटो खुल्ने बताउदै आजको युगमा किशोरीहरुलाई पनि विभिन्न तालिमहरुमा सहभागी गराई अगाडी बढाउन पर्ने जरुरी रहेको बताएका छन् । उनले तालिममा सिकेका कुरालाई तालिममा सिमित नराखी व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका छन् । ‘सात दिने गुडिया बनाउने तालिमबाट सिकेको सीप ब्यवहारिक जिवनमा अपनाई जिविकोपार्जन गर्न सक्ने क्षमताको विकास हुने भएको हुदा तालिममा सिकेका कुराहरु सबै सहभागीहरुले व्यवहारमा उतारे मात्रै तालिमको औचित्य रहन्छ्’ दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी ाजेशीले भने । महिलाहरुले सीप सिकेर आफू स्वंयम रोजगारमुखि बन्न सक्ने तालिमले अवसर समेत प्राप्त गरेको उपमेयर जोशीको भनाई रहेको छ् । वडाध्यक्ष चन्द्र बहादुर सिंहले वडा कार्यालय पनि यस अघि बिभिन्न तालिम संचालन गर्दै आएको बताउदै वडाको समृद्ध तथा बिकासको लागी आफु र आफ्नो टिम सदैव लागिपरेको बताएका छन् । वडा नं. १० बाढी ग्रस्त संग बिपन्न तथा आर्थिक अवस्था दैनिय रहेको घरपरिवारको बाहुल्यता भउको वडा भएको हुदा महिलाहरुले पनि तालिम लिएर आर्थिकपार्जनमा जोड दिन सबैलाई आग्रह गरेका छन् ।  उनले ग्रामिण क्षेत्रका महिलाहरुलाई समाजको हरेक काममा सहभागी गराउने र उनिहरुको आर्थिक अवस्था माथी उकास्न आफू र वडाले सधै साथ सहयोग गर्ने बताएका छन् । तालिममा सिकेको सीप व्यवहारमा उतारेर तालिमको सही प्रयोग गर्न सहभागीहरुमा वडाध्यक्ष सिंहले अनुरोध गरेका छन् । तालिमका एक सभागी रितु पुरीले तालिम निकै उत्साहजन रहेको र आफुहरुले तालिममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>