Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ११ गते बिहिबार

दोधारा चाँदनीमा जेष्ठ नागरिकलाई न्यानो कम्वल बितरण तथा सम्मान

बिगत केहि दिन देखि बढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ् । जाडोबाट बच्न आगो तापेर बाल्नका लागि दोधारा चाँदनीका बजार, चौक आसपास दाउरा समेत बितरण गरेको छ् । त्यसैमा जेष्ठ नागरिकको अवस्थालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो ब्लेङकेट बितरण गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका– २ वडामा बसोबास गर्ने ५८ जना जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्न एक–एक थान ब्लेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयमा एक कार्यक्रमको बिच जेष्ठ नागरिकलाई ब्लेङकेट बितरण गरिएको छ् । ब्लेङकेट बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल, वडा सदस्य द्रोपती सुनार, दोधारा चाँदनी नगरपालिका– २ का वडा सचिव नरेन्द्र साँउद लगाएत स्थानिय तथा जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो । चिसोबाट मानविय क्षती हुन सक्ने अबस्था भएको हुदा चिसोबाट बच्नको लागी कम्बल बितरण गरिएको वडाध्यक्ष रावलले बताएका छन् । जेष्ठ नागरिक समाजको धरोहर रहेको हुदा उनिहरुको स्वास्थ्य अवस्था तथा खानपानको सबैले ध्यान राख्नु पर्ने उनले बताएका छन् । जेष्ठ नागरिक चिसोमा कठान्ग्रीएर बस्नु पर्ने अवस्था नआओस भनेर वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट ५८ जना जेष्ठ नागरिकलाई ब्लेङकेट बितरण गर्ने कार्यक्रम अनुसार आज ब्लेङकेट बितरण गरिएको वडा सचिव नरेन्द्र साँउदले बताएका छन् । वडा कार्यालयले गरेको जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो ब्लेङकेट बितरण कार्यको सबैले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>