Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ११ गते बिहिबार

दोधारा चाँदनी– ४ मा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सम्पन्न

दोधारा चाँदनीमा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयको आयोजना र उद्योग बाणिज्य संघ तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिका– ४ मा ८ दिने उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् ।

वडाका ३५ जना महिला तथा पुरुषहरुको सहभागितामा संचालन गरिएको तालिमको समापन सत्रमा दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता मोहन भट्ट लगाएत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।  सिप सिकौं, आत्मनिर्भर बनौं नारा सहित संचालन गरिएको तालिममा आत्मनिर्भर बनाउन उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता मोहन भट्टले बताएका छन् ।

कसरी उद्यमी बनेर आर्थिक उपार्जन गर्ने बिषयलाई लिएर तालिमको प्रशिक्षण गरिएको थियो । दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले तालिमका सिकेका कुरा व्यवहारमा नउतारे तालिमको कुनै औचित्य नहुने बताएका छन् । तालिममा सिकेका कुरालाई आत्साथ लिएर व्यवहारमा उतारे मात्रै नेपाल सरकारको उद्धेश्य पुरा हुने वडा सदस्य सिंहको भनाई रहेको छ् । नेपाल सरकारले तालिम दिएर उद्यमी बनाई आर्थिकपार्जमा जोड दिन खोजेको मर्मलाई नमार्न तालिमका सहभागीलाई आग्रह गरेका छन् । तालिममा भत्ता तथा रमाईलोको लागी मात्रै तालिमलाई नलिन हुन सहभागीलाई आग्रह गर्दै उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिमले वडामा सकारात्मक प्रभाव पर्नेमा आफु बिश्वस्त रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>