Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १४ गते आइतबार

सामाजिक कार्यमा वडाध्यक्ष खत्री, शारिरिक अपांगता भएकालाई साईकल

दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीको सामाजिक कार्यका क्रियाशिल देखिदै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले आफुले खाईपाई आउने सरकारी सुबिद्याबाट गरिब तथा बिपन्न घरपरिवारलाई सघाउदै आएका छन् ।

यसै क्रममा वडाको बिष्ट टोल निवासी आर्थिक अवस्था दैनिय रहेका तथा शारिरिक अपांगा भएका बृद्ध चन्द्र देब भट्टलाई एक कार्यक्रमको बिच सम्मान सहित एक थान साईकल हस्तान्तरण गरेका छन् । आर्थिक अवस्था दैनिय रहेका भट्ट साईकल नभएको कारण हिडडुल गर्न सकस भएको अवस्थामा वडाध्यक्ष खत्रीले आफुले पाउने वडाध्यक्ष भत्ताले एक थान साईकल खरिद गरि हस्तान्तरण गरेको बताएका छन् ।

शारिरिक अपांगा भएका बृद्ध चन्द्र देब भट्टको घरमै पुगेर एक कार्यक्रमको बिच सम्मान सहित एक थान साईलक हस्तान्तरण गरेको स्थानियबासी तथा राप्रपाका नेता मोहन सुनारले बताएका छन् । दुखी, गरिबको सेवामा खरो उत्रिएका वडाध्यक्ष खत्री आफुले पाउदै आएको सरकारी सेवाले गरिब, गुरुवाका समस्यालाई निराकरण गर्न खर्चदै आएको मोहन सुनारले बताएका छन् । वडामा मात्रै नभई नगर क्षेत्रमा रहेका असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने वडाध्यक्ष खत्री अझै सम्म आफुले पाउदै आएको सरकारी पारिश्रमिक लिने बित्तिकै पिडामा रहेकामा स्थानियहरुलाई सहयोग गर्दै आएको उनको भनाई रहेको छ् । वडाध्यक्ष केशव खत्रीले शारिरिक अपांगा भएका बृद्ध चन्द्र देब भट्टलाई साईकलको एकदमै खाँचो देखिएको हुदा एक थान साईकल खरिद गरि हस्तान्तरण गरेको बताएका छन् । साईकल खरिद गर्न नसकेर हिडडुल तथा कुटानी पिसानी गर्न समेत समस्या झेल्दै आएका शारिरिक अपांगा भएका बृद्ध चन्द्र देब भट्टले वडाध्यक्ष खत्रीले साईकल प्रदान गरेपछि निकै खुशी भएका छन् । ‘मेरोलाई हिडडुल गर्न ठुलो सहारा पाए’ बृद्ध चन्द्र देब भट्टले भने– ‘वडाध्यक्ष्ग केशव खत्रीलाई धेरै धेरै धन्यबाद ।’ वडाध्यक्ष खत्रीले आफुले चुनावको बेला गरेको बाँचा पुरा गर्दै आएको बताएका छन् ।

आफूले पाएको सबै पारिश्रमिक समाज सेवामा खर्चिदै आएपछि नगर क्षेत्रकै गरिब, बिपन्नहरुले उनको गुनगान गाउन थालेका छन् । साईकल हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, वडा सदस्य तथा कार्यपालिका सदस्य पार्वती सुनार, राप्रपाका नेता माहेन सुनार, बृद्ध चन्द्र देब भट्ट लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>