Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० माघ १४ गते आइतबार

बैदेशिक रोजगारका लागी गएका दोधाराका लोहार सम्पर्क बिहिन

बैदेशिक रोजगारको लागी कतार गएका दोधारा चाँदनी कञ्चनभोजका तारामान लोहार घरपरिवारबाट सम्पर्क बिहिन भएका छन् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज घर भएका तारामान लोहार ६ वर्ष अघि बैदेशिक रोजगारको लागी कतार गएका थिए ।

कतार गएको २ वष सम्म घरमा पैसा पठाउने फोनमा कुरा गर्ने गर्दै आएका थिए । पछि आएर उनले प्रयो गर्ने फोन नलाग्ने तथा घरपरिवारबाट पुर्णरुपमा सम्पर्क बिहिन भएका तारामान लोहारका वुवा बिष्णु लोहारले बताएका छन् । घरमा उनका श्रीमती कुश्मा देबी लोहार र २ छोरा र १ छोरी रहेको बिष्णु लोहारले बताएका छन् । आर्थिक अवस्था कमजोर भएर घरमा छाक टार्न समस्या भएर उनि बैदेशिक रोजगारको लागी कतार हिडेका थिए । घरमा एक्ले छोरो बेपत्ता भएपछि बृद्ध तारामान लोहारका दिन रात छोरालाई सम्पर्क ल्याईदिन सबैलाई आग्रह गर्दै हिडेका छन् ।

घरमा छाक टार्न समस्या भएपछि तारामान लोहारका श्रीमती पनि माईतमा बस्दै आएका छन् । घरवासको लागी पनि जग्गा जमिन नभएको तारामान लोहारका वुवालाई छाक टार्न समेत समस्या पर्दै आएको बताईएको छ् । बुढेशकालको सहारा छोरा कतार गएर बेपत्ता भएपछि बृद्ध बिष्णु लोहारलाई पर्नु पिडा परेको छ् । आफ्नो छोरा संग भेट गराईदिन बिष्णु लोहारले जनप्रतिनिधी, संचारकर्मीलाई गुहार्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>