Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ १५ गते सोमबार

प्रधानमन्त्री प्रचण्डलाई अदालतकाे सफाई, धम्किकाे भाषा नबाेल्नु

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दामा सफाई दिएको छ । सर्वोच्चले यसअघि आफैंले गरेको फैसलाको नजीरलाई उद्धृत गर्दै अभिव्यक्तिकै कारण अदालतको अवहेलना नहुने ठहर गरेको छ । सर्वोच्चले न्यायमा जालझेल र छलछाम नचल्ने भन्दै धम्कीको भाषा नबोल्न पनि भनेको छ ।

अदालतले प्रधानमन्त्री प्रचण्डलाई अवहेलना मुद्दामा सफाई दिँदा प्रकाशमणि शर्माविरुद्ध गिरिजाप्रसाद कोइरालाको अदालतको अवहेलना मुद्दामा भएको फैसलाको नजीर, त्यस्तै अधिवक्ता सन्तोष भट्टराईविरुद्ध कनकमणि दीक्षितको मुद्दा, नेत्रबन्धु पौडेलविरुद्ध डा. गोविन्द केसीको अवहेलना मुद्दालगायतमा भएको फैसलालाई नजीर बनाएको छ ।

विशेष गरेर अदालतले नेत्रबन्धु पौडेलविरुद्ध डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दालाई आधार दिएर प्रधानमन्त्री प्रचण्डलाई सफाई दिएको छ । २३ माघ २०७६ मा सात जना न्यायाधीशको बृहत् पूर्णइजलासबाट भएको सोही फैसलालाई धेरै ठाउँमा उद्धृत गरेर प्रधानमन्त्री प्रचण्डलाई सफाई दिने आधार मानेको छ ।

१ जेठ २०७३ मा राजधानीको पहिलो पृष्ठमा ‘शान्ति प्रक्रियाको मर्ममै प्रहार’ भन्ने शीर्षक समाचारअन्र्तगत प्रत्यर्थी पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ भनी प्रकाशित समाचारलाई आधार बनाएर अधिवक्ता दिनेश त्रिपाठीले दाहालविरुद्ध अदालतको अवहेलना भएको भनी मुद्दा हालेका थिए । त्यतिखेर उनले शान्ति सम्झौतानुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दाहरूमा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षड्यन्त्र गरेको, द्वन्द्वकालीन मुद्दाको फैसला आफूहरूले स्वीकार नगर्ने, द्वन्द्वकालीन मुद्दाहरूमा नियमित घटनामा जसरी फैसला सुनाउने कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>