Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ १६ गते मङ्गलबार

दोधारा चाँदनी नगरपालिकाका माया सिजाली यति बेला निकै व्यस्त छन् । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालय र व्यवसायिक एवम् सीप विकास तालिम केन्द्र कञ्चनपुर सहयोग र सहकार्यमा संचालन भएको एक महिने माला पोते बनाउने तालिममा उनि निकै ब्यस्त भएका छन् । आफ्नो सीप निखार्न उनी कञ्जुस्याइ गर्दैनन् । तालिमको समय भन्दा चाँडै पहिल्यै पुगिहाल्छन् माया सिजाली । ‘यो मेरो रुचिको क्षेत्र हो । जति समय लाग्छ त्यति दिन्छु,’ माया भन्छन् । बिहान चिसोको समयमा घरको काम हतार हतार भ्याएर समय भन्दा पहिल्यै वडा कार्यालयको एक कक्षमा संचालन भएको तालिममा सहभागी हुन पुगिहाल्छन माया । मायालाई सिप सिकेर घरमै माला पोते उत्पादन गरि ब्यवसायिक बन्न रहर भएको उनले बताएका छन् । उनि जस्तै तालिममा सहभागीहरुले आफुहरु बेरोजगार भएको हुदा घरको काम संगै ब्यवसाय गर्न रहरले तालिममा सहभागी भएको बताएका छन् । वडाध्यक्ष ओंम बस्नेतको अथक प्रयासले व्यवसायिक एवम् सीप विकास तालिम केन्द्र कञ्चनपुर संग सकार्य गरि एक महिने मालापोते तालिम संचालन गरे संगै स्थानिय महिलाहरु तलिममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरेका छन् । तालिममा २० जना महिलाहरुको सभागीता रहेको छ् । प्रशिक्षक ज्योती केसी तिवारीले प्रशिक्षण गर्दै आएको तालिममा सहभागीहरुको उत्साहजनक उपस्थिती रहेको छ् । वडाका सबै टोल, बस्तीलाई समेट्ने गरि महिलाहरुलाई तालिममा सहभागी गराईएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् । महिलाहरु आर्थिक रुपमा कमजोर हुदा पछाडी परेकाले उनिहरुको आर्थिकपार्जनको निम्ती तालिमको आयोजना गरिएको उनले बताएका छन् । तालिमका सहभागीहरुले आफुहरु तालिममा सहभागि हुन पाउदा खुसी लागेको बताउदै अब आफ्नो घर खर्चको लागि कोही संग हात फैलाउन नपर्ने बताएका छन् । तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसायनै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने स्थानियबासी बिनोद चौधरीले बताएका छन् । वडाध्यक्ष ओंम बस्नेतको पहलमा संचालित तालिमले महिलाहरुलाई सक्षम व्यवसायिय बनाउन सहयोग पुग्नेमा चौधरी बिश्वास गर्दछन् । ‘वडाध्यक्षले वडाको बिकास र समृद्धिको लागी निकै राम्रो पहल थाल्नु भएको छ्’ स्थानियबासी बिनोद चौधरीले भने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>