Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० माघ १६ गते मङ्गलबार

दोधारा चाँदनी बडुवाल टोलमा झण्डै एक सय पचास मिटर ग्रेबिल सडक निमार्ण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा एक सय पचास मिटर ग्रेबिल नयाँ सडक निमार्ण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडीले जानकारी दिएका छन् । उक्त ग्रेबिल सडक नेपाल–भारतको सिमा क्षेत्र नजिक निमार्ण कार्य भईरहेको छ् ।

नयाँ बाटो खोली ग्रबेलिङ्ग भएकोमा स्थानियहरु खुशी प्रकट गरेका छन् । बडुवाल टोल भारतिय जंगल संग जोडिएको बस्ती हो । जहाँ वर्षेनी जंगली हात्ती लगाएत वन्यजन्तुले स्थानियहरुको अन्नवाली नष्ट गर्दै आएको छ् । ग्रेबिल सडक निमार्ण भए संग आवतजावत गर्न निकै सहज हुने स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् । ‘सडक बिस्तार संगै आवागमनमा निकै सहज हुने भयो’ महाविर क्षेत्रीले भने । उक्त निमार्ण कार्यको जिम्मा गडवालिङ्ग निमार्ण सेवा कम्पनीले लिएको छ् ।

यस्तै वडाको जामुनाघारी, डाडा टोल लगाएत बस्तीमा २ सय ५० मिटर ग्रेबिल सडक निमार्ण कार्य सम्पन्न भएको निमार्ण कम्पनी गडवालिङ्ग निमार्ण सेवा कम्पनीले जानकारी दिएको छ् । वडाको बडुवाल टोल जामुनाघारी र डाडाटोल गरि जम्मा २ किलोमिटर नयाँ सडकमा ग्रेबेलिङ्ग गर्ने कार्य भईरहेको बताईएको छ् । वर्षायाममा सडक हिल्याम्मे हुने तथा नयाँ सडक खुले संगै स्थानियहरुमा खुशी छाएको छ् । उक्त सडकमा ग्रेबिलको लागी दोधारा चाँदनी– ३ वडा कार्यालयले बजेट बिनियोजन गरेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>