Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ १७ गते बुधबार

दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले क्यान्सर पिडितलाई सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १ चक्की बजार घर भएका क्यान्सर पिडित कैलाश भट्टलाई उनका घरमै पुगेर घरपरिवारलाई दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले नगद रु. १० हजार हस्तान्तरण गरेको अधिकारकर्मी धनसार चन्दले बताएका छन् ।

आर्थिक अवस्था दैनिय रहेका कैलाश भट्ट बिगत लामो समय देखि क्यान्सरबाट पिडित रहदै आएका हुन् । उनको राजधानी स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर जोशीले आर्थिक अवस्था दैनिय रहेका क्यान्सर पिडितको बारेमा थाहा पाएर उपचारमा थोरै भएपनि सहयोग गरेको बताएका छन् ।

घरको अवस्था निकै दैनिय रहेको बताउदै सबैले क्यान्सर पिडितलाई सहयोग गर्न आग्रह गरेका छन् । पिडितको घरमै पुगेर उपमेयर जोशीले दिनदुखीमा गरेको सहानुभुती प्रति स्थानियहरुले खुशी ब्यक्त गरेका छन् । केही दिन देखि युवाहरुले ‘कैलाश भट्ट बचाउ अभियान’ संचालन गरि उपचार रकम संकलन गर्दै  आएको युवा गोबिन्द भट्टले जानकारी दिएका छन् । रकम हस्तान्तरणमा दोधारा चाँदनी नगरपालिका उपमेयर गंगा देवी जोशी, दोधारा चाँदनीका पुर्व वडाध्यक्षद्धय कमलापती भट्ट, अर्जुन भट्ट, अधिकारकर्मी धनसार चन्द, नेपाली काग्रेंस दोधारा चाँदनी– १ का वडा सभापती अमर बम तथा पिडित कैलाश भट्टका परिवाजनहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>