Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १७ गते बुधबार

स्वास्थ्य प्रवर्धनमा जुटेका खड्कालाई मन्त्रालयकाे प्रवक्ताकाे जिम्मेवारि
फायल तस्बिर

सुदुरपश्चिम सरकारकाे सामाजिक विकास मन्त्रालयले प्रवक्तामा बरिष्ट स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का लाई प्रवक्ता ताेकेकाे हाे ।

बुधवार मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिहले पत्र दिदै जिम्मेवारी दिएका हुन । पत्रमा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ३५ वमोजिम यस मन्त्रालयका सार्वजनिक सरोकारका सूचना सरोकारवालाहरुलाई प्रवाह गर्नका लागि तपाईलाई यस मन्त्रालयको प्रवक्ता तोकिएको व्यहोरा पत्रमा उल्लेख गराइएकाे छ ।

अधिकृत खड्का स्वास्थ्य प्रवर्द्धन केन्द्र कंचनपुरकाे प्रमुखकाे रुपमा काम गरिरहेका छन । उनले गत बर्ष सुदुरपश्चिमकाे गड्डाचाैकि सिमा चिसापानी दक्षिणमा बेलाैरि देखि उत्तर डडेल्धुरा सम्मका विभिन्न साना ठुला शहर, बजार, गाउँमा रहेका मध्यपान, धुम्रपान लगायतका प्रचार सामाग्री हटाउन आफै फिल्डमा खटिएर नेतृत्व गरेका थिए । विभिन्न धाक धम्किकाे प्रवाह नगरि खड्काले हाेडिङ्ग बाेर्ड हटाउदै समाजमा जाने नकारात्मक प्रचार बाट जाेगाउन नेतृत्व गरेका थिए ।

 

यस्तै बरिष्ट अधिकृत खड्का स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल काे कार्यबाहक अध्यक्षकाे जिम्मेवारी समेत प्राप्त भएकाे छ । संघका अध्यक्ष डा. शालिक राम धिताल अस्ट्रेलियामा रहेकोले भौतिक रुपमा नेपालमा उपस्थित हुन नसक्ने भएको हुँदा संघका  उपाध्यक्ष खड्का लाई स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको विधानको परिच्छेद ५, दफा १७ को उप दफा १ अनुसार काम गर्ने गरी सोहि उप दफा २ को (ग) बमोजिम नियमित कार्य संचालन गर्न र कुनै पनि नीतिगत निर्णय गर्नुपरेमा कार्य समितिको भौतिक वा विधुतीय बैठकको निर्णय अनुसार गर्न गराउनका लागि कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी तोकिएको छ अध्यक्ष धिताल हस्ताक्षरित पत्रमा उल्लेखित छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>