Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २१ गते आइतबार

कंचनपुर ब्यापारमेला फागुन तेस्राे साता, प्रधानमन्त्रीलाई दिईयाे निम्ता ।
निम्ता हस्तान्तरण गर्दै अध्यक्ष समेतका पदाधिकारि

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन तेस्रो सातादेखि संचालन हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रमुख अथितिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई निमन्त्रणा गरिएको छ ।

वाणिज्य संघको आयोजनामा २१ फागुन तेस्रो सातादेखि संचालन हुने १५ औँ सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रमुख अथितिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई निमन्त्रणा गरिएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले महोत्सवको प्रमुख अथितिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई निमन्त्रणा दिईएको बताए ।

वाणिज्य संघका महासचिव बोहराका अनुसार निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले आफुले सुप प्रदेशको बृद्धि विकासका लागि चासो राखेकाले आउने बचन दिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, महासचिव खगेश्वर प्रशाद बोहरा, कोषाध्यक्ष राहुल भट्ट, वाणिज्य संघका सदस्य तथा उद्योगी तेज बहादुर चन्द, वाणिज्य संघका कार्यालय प्रमुख हेमराज भट्ट सहितका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै निमन्त्रणा दिएका थिए ।

१४आैं संस्करमा सहित त्यस अघि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री हुँदा दुई पटक कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव उद्घाटन गरेका थिए । तेस्रो पटक पनि महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>