Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ २३ गते मङ्गलबार

भिमदत्तकाे प्रवक्तामा अवस्थी, मदनचाेकका २२ सटर फागुन पहिलाे साता ताेडिने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा रहेका २२ वटा शटर तोडिने भएका छन् । मंगलवार भीमदत्त नगरपालिकाका नव नियुक्त प्रवक्ता एवम भीमदत्त नगरपालिकाका वडा- ५ अध्यक्ष पदमराज अवस्थीले पत्रकारहरु संग परिचयात्मक कार्यक्रममा उक्त जानकारी दिएका हुन् ।

पत्रकारहरुले २२ सटर कहिले हट्छ ? भनेर प्रश्न गरेका थिए । उनले फागुनको पहिलो हप्ता भित्रैमा २२ सटरहरु हटने आश्वासन दिएका छन् ।

आउँदो आईतवार नगर विकास समितीको वैठक बस्ने उक्त वैठकबाट नै निर्णय गरेर २२ सटरहरु हटाईने बताएका हुन् । उक्त सटरमा व्यापार व्यवसाय गरिरहेका सबैको अन्यत्र व्यवस्थापन भई सकेको र यो फागुनको पहिलो हप्तामा सबै सटरहरु हटाईने बताएका हुन् । पत्रकारहरुले विगतका दिनमा पनि हटाईने आश्वासन आएको तर पालिकाले सटरहरु हटाउन नसकेको प्रतिप्रश्न गरेका थिए ।

प्रवक्ता अवश्थीले “यो नै अन्तिम मिती हो विश्वास गर्नुहोस फागुनको पहिलो साता भन्दा एक दिनपनि अगाढी जाँदैन” उनले भने साथै उनले कार्यपालिकाको वैठकको प्रत्येक महिना गरिएको निर्णयहरु पनि सार्वजनिक गर्ने बताएका छन् । उनले स्वर्गीय महेन्द्र खडका प्रती हार्दिक श्रदान्जली व्यक्त गर्दै खडकाले देखेका सपनाका बाँकी कामहरु लाई पनि अगाढी लैजाने बताए ।

पालिकाबाट दिईने हरेक सुचना जानकारीहरु समयमा नै दिने साथै १९ वटै वडामा सेवाग्राहीहरुलाई मुस्कान सहित को गुणस्तरिय सेवा दिनका लागी सबैलाई आग्रह पनि गरिएको जानकारी दिए साथै नयाँपन फरकपनले काम पनि हुने बताए । पत्रकारहरुले पालिका पत्रकारहरुसंग मिडियामैत्री भएर काम गरिदिन आग्रह पनि गरेका छन् ।

भीमदत्त–५ बाट निर्वाचित वडाध्यक्ष अवस्थीलाई आइतबारको नगर प्रमुख स्तरिय निर्णय अनुसार नगर प्रवक्ताको पदमा कामकाज गर्ने गरी जिम्मेवारी दिइएको हो । गत पुष २६ गते भीमदत्त–६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि नगरपालिकामा प्रवक्ताको पद रिक्त हुन पुगेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>