दार्चुलाको शैल्यशिखर नगरपालिकामा फर्जि विलको भुक्तानी गर्न लेखापालले नमाने पछी वडा अध्यक्षले लेखा शाखामा ताला लगाउने र लेखापाललाई ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनीक भएको छ ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना डडेलधुराले एकिकृत कृषि तथा पशु सेवा केन्द्र निर्माण गर्न शैल्यशिखर नगरपालिका लाई छनौट गरेपछी वडा नम्वर ९ स्थित पुरानो कृषि भवन रहेको स्थानमा उक्त सेवा केन्द्र निर्माणका लागी साईट किलियर गर्नु पर्ने थियो ।
सोहि कार्यको लागी नगरपालिकाले कोटेशन माग गरे वमोजिम दररेट पेश गर्न तत्कालीन निमित्त प्रमुख प्रशासकीय शिव दत्त जोशीले २०८० भाद्र २७ गते सुचना जारि गर्नु भएको थियो तर तर दररेट पेश गर्नु भन्दा पहिले नै २०८० श्रावण १९ गते नै साईट किलियर भईसकेको भनेर ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना डडेलधुरालाई पत्र लेखेका थिए । सो कार्यको २०८० असोज १३ गतेका दिन नमस्कार निर्माण सेवा दार्चुला संग ६ लाखमा साईट किलियर गर्न सम्झौता गरिएको छ । प्रकृया नै नमिली कार्य गरिएको भएता पनी हालका प्रमुख प्रशासकिय अधिकृत नगरप्रमुख विजय धामीका छोरा पुस्कर धामीले भुक्तानीको लागी तोक लगाए पछी कागजपत्र नमिलेको भन्दै शैल्यशिखर नगरपालिकाका लेखापाल विजय विष्टले लिखित राय प्रमुख प्रशासकिय अधिकृत पुस्कर धामी समक्ष पेश गरेपछी विलको भुक्तानी नगरेको भन्दै प्रमुख प्रशासकिय अधिकृत पुस्कर धामी निकट रहेका शैल्यशिखर नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष जनक सिह डाँगा ले काटिदिने धम्की दिएको अडियो सार्वजनीक भएको छ ।
उक्त अडियोमा वडाअध्यक्ष जनक सिह डाँगाले उक्त चेक नवनेपछी अन्य कुनै पनी चेक वन्न नदिने भन्दै वनाएको भेटेमा काटेर जेल जानुपरेपनी जाने वताउनु भएको छ । हामी संग सरसल्लाह नगर्ने भन्दै यो वडानम्वर ५ का अध्यक्षको लेखापाल विजय विष्टलाई चेतावनी रहेको भन्दै धम्कि दिएका छन । उता लेखापाल विजय विष्टले आफुले प्रमुख प्रशासकिय अधिकृत पुस्कर धामी समक्ष लिखित राय पेश गरिसकेको भन्दै वडाअध्यक्ष डाँगालाई वताएका छन ।
यो विषयमा लेखापाल विजय विष्ट संग बुझ्दा केहि दिन अगाडि यो विषयमा दवाव दिन प्रमुख प्रशासकिय अधिकृत पुस्कर धामी निकटका चार जनाको समुहमा आफ्नो निवासमा आएर धम्कि समेत दिएको वताउदै यो विषयमा छानविन गरिदिन प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिदा समेत कुनै सुनवाई नगरेको भन्दै आफ्नो जिउज्यानको सुरक्षा गरिदिन प्रहरि समक्ष निवेदन पेश गर्ने वताउनु भएको छ । साथै उहाले काम गर्ने वातावरण नभएको समेत गुनासो गर्दै पटक पटक काम नै नभएको विलको भुक्तानी गर्न दवाव आउने गरेको हुदा आफु पिडित भएको वताउनु भएको छ ।
यस विषयमा शैल्यशिखर नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष जनक सिह डाँगा लाई बुझदा यो सामन्य वियष भएको हुदा यसलाई बढावा नदिन अनुरोध गरेका छन भने प्रमुख प्रशासकीय अधिकृतको फोन नम्वर ९८५८७८४५८४ मा फोन गर्दा फोन उठेन।
यस भन्दा पहिले पनी तत्कालीन निमित्त प्रमुख प्रशासकीय सुरेन्द्र बिष्ट सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ । सुदुरपश्चिममा सबै भन्दा बढी भ्रष्टाचार मुद्दा यसै स्थानीयतहमा परेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया