Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० माघ २७ गते शनिबार

दोधारा चाँदनीका वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु गरिएको छन् । दोधारा चाँदनी नगरपालिका– १० निवासी वर्ष अन्ताजी ५८ का मान बहादुर सुनारको दुईवटै मृगौलामा समस्या भएको हुदा उनको बचाउको लागी दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु गरेका हुन् ।

शनिवार मान बहादुर सुनारको घरमै पुगेर वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु भएको घोषणा गरेका हुन् । ‘मान बहादुर सुनार बचाउ’ अन्तर्गत वडाध्यक्ष खत्रीले आफैबाट रु. ५ हजार १ सय ५० रुपिँया रकम मान बहादुर सुनारलाई सहयोग गरि ‘मान बहादुर सुनार बचाउ’ अभियानको सुरुवात गरेका छन् । उनले आफुले पाएको वडाध्यक्षको सेवा सुबिद्याबाट सहयोग गरेको बताएका छन् । बिगत लामो समय देखि सुनार मृगौलाको समस्याले ग्रसित बन्दै आएका मान बहादुर सुनार आर्थिक अवस्थाले समेत ग्रसित छन् ।

अहिले उनको भारतको भोजीपुराको अस्पतालमा उपचार भईरहेको छ् । लामो समय देखि उपचारमा रकम खर्च भएर निरास बन्दै आएका सुनारका घरपरिवारले अभियानले उपचार कार्यमा सहयोग पुग्ने बिश्वास राखेका छन् । आर्थिक अवस्था दैनिय रहेको मान बहादुर सुनारको जम्मा एक कट्टा जग्गा छ् । घरमा कमाउने एक मात्र सदस्य मान बहादुर सुनार मृगौलाको समस्याले ग्रसित बन्दै आएपछि उनको आम्दानीको श्रोतनै बन्द भएको छ् ।

अभियानमा सबैले सहयोग गर्न सबैलाई वडाध्यक्ष केशव खत्रीले अपिल गरेका छन् । यसै क्रममा बिजय प्रधान फाउण्डेशनको तर्फ देखि दोधारा चाँदनी नगरपालिका– ६ निवासी तथा रोजगारीको सिलसिलमा रहेका कतार रहेका तत्कालिन दोधारा गाबिसका प्रधानपञ्ज बिजय बहादुर नेपालीका छोरा दिपक नेपालीले रु. ५ हजार १ सय ५० रुपिँया रकम दिने घोषणा गरेका छन् । दुईवटा मृगौलाको समस्याबाट थला परेका मान बहादुर सुनारको सहयोगको लागी दिपक नेपालीले समेत आफ्नो फेसबुक मार्फत सबैलाई सहयोगको अपिल गरेका छन् । वडाध्यक्ष खत्रीले आफ्नो पाउने सेवा सुबिद्याबाट दुखी गरिव, बिपन्न, बिद्यार्थी, तथा खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् । वडाध्यक्ष केशव खत्रीको सामाजिक कार्य प्रति स्थानियहरुले खुलेरै प्रशंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>