Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० माघ २७ गते शनिबार

दोधारा चाँदनीका वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु गरिएको छन् । दोधारा चाँदनी नगरपालिका– १० निवासी वर्ष अन्ताजी ५८ का मान बहादुर सुनारको दुईवटै मृगौलामा समस्या भएको हुदा उनको बचाउको लागी दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु गरेका हुन् ।

शनिवार मान बहादुर सुनारको घरमै पुगेर वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु भएको घोषणा गरेका हुन् । ‘मान बहादुर सुनार बचाउ’ अन्तर्गत वडाध्यक्ष खत्रीले आफैबाट रु. ५ हजार १ सय ५० रुपिँया रकम मान बहादुर सुनारलाई सहयोग गरि ‘मान बहादुर सुनार बचाउ’ अभियानको सुरुवात गरेका छन् । उनले आफुले पाएको वडाध्यक्षको सेवा सुबिद्याबाट सहयोग गरेको बताएका छन् । बिगत लामो समय देखि सुनार मृगौलाको समस्याले ग्रसित बन्दै आएका मान बहादुर सुनार आर्थिक अवस्थाले समेत ग्रसित छन् ।

अहिले उनको भारतको भोजीपुराको अस्पतालमा उपचार भईरहेको छ् । लामो समय देखि उपचारमा रकम खर्च भएर निरास बन्दै आएका सुनारका घरपरिवारले अभियानले उपचार कार्यमा सहयोग पुग्ने बिश्वास राखेका छन् । आर्थिक अवस्था दैनिय रहेको मान बहादुर सुनारको जम्मा एक कट्टा जग्गा छ् । घरमा कमाउने एक मात्र सदस्य मान बहादुर सुनार मृगौलाको समस्याले ग्रसित बन्दै आएपछि उनको आम्दानीको श्रोतनै बन्द भएको छ् ।

अभियानमा सबैले सहयोग गर्न सबैलाई वडाध्यक्ष केशव खत्रीले अपिल गरेका छन् । यसै क्रममा बिजय प्रधान फाउण्डेशनको तर्फ देखि दोधारा चाँदनी नगरपालिका– ६ निवासी तथा रोजगारीको सिलसिलमा रहेका कतार रहेका तत्कालिन दोधारा गाबिसका प्रधानपञ्ज बिजय बहादुर नेपालीका छोरा दिपक नेपालीले रु. ५ हजार १ सय ५० रुपिँया रकम दिने घोषणा गरेका छन् । दुईवटा मृगौलाको समस्याबाट थला परेका मान बहादुर सुनारको सहयोगको लागी दिपक नेपालीले समेत आफ्नो फेसबुक मार्फत सबैलाई सहयोगको अपिल गरेका छन् । वडाध्यक्ष खत्रीले आफ्नो पाउने सेवा सुबिद्याबाट दुखी गरिव, बिपन्न, बिद्यार्थी, तथा खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् । वडाध्यक्ष केशव खत्रीको सामाजिक कार्य प्रति स्थानियहरुले खुलेरै प्रशंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>