Samriddhipost
२०८२ बैशाख १० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ०५ गते शुक्रबार

अपिहिमालमा जेष्ठनागरिक संग अध्यक्ष कार्यक्रम, घरटाेलमा पुगेर सेवा दिदै पालीका ।

अपिहिमाल गाउँपालीकामा जेष्ठ नागरिक संग अध्यक्ष कार्यक्रम आजबाट सुरु भएको छ ।

कार्यक्रममा पालिकाका सम्पुर्ण शाखा उपशाखा,वडा कार्यालय बाट प्राप्त हुने सेवाप्रवाह लाई एकै पट्क एकीकृत घुम्ती शिविर मार्फत नागरिकका घर आगनमा सेवा दिने याे कार्यक्रमको उद्घाटन अध्यक्ष बाेहराले गरेका छन ।

मुख्य रुपमा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाच प्राथमिक औषधि बितरण, दिवा खाजा कार्यक्रम, हरलिक्स र फलफुल घरघरमै पुगेर प्रदान गरिनेछ भने अरु नागरिकलाई आयुर्वेदिक ओैषधी, कृषि तथा पशु सम्बन्धी परामर्श,बिउबिजन आदि सम्बन्धी सेवा प्रदान गर्ने र अन्य शाखा बाट प्राप्त हुने सेवा हरु समेत सिबिर बाट नै प्राप्त हुने छ । 

शिविर प्रत्येक टोलटोल हुँदै पालिका भरी का वडाहरु सम्म संचालन हुनेछ । याे सिबिर १ महिना सम्म चल्ने छ । सिबिरकाे उद्घाटन वडा नम्बर ४ काे चिलडुङ्ग्रा बस्ति बाट सुरु भएकाे छ । सिबिरकाे उद्घाटन अध्यक्ष भगतसिंह ठेकरे बाेहरा ले गर्नु भएकाेछ ।

हिमाल भएकाे पालीका कठिन भाैगाेलिक क्षेत्र, टाढाटाढा पातलाे बस्ति भएका गाउँ ठाउँका नागरिकलाई सेवा लिन सहज हाे भन्ने अभिप्रायले याे कार्यक्रम (एकीकृत घुम्ति शिविर) सुरु गरेकाे अध्यक्ष भक्त सिह ठेकरे बाेहराले बताएका छन । यो घुम्ती शिविर अभियानमा मा सरिक भएर आवश्यक सेवा प्राप्त गर्न हुन सम्पुर्ण अपिहिमाल गाउँपालिका भित्रका सेवा लाभग्राही हरुमा जानकारी गर्द्छौ अध्यक्ष बाेहराले भने ।
नागरिकहरु घर टाेलमै सेवा पाएपछि दंग भएका ।


#अपिहिमालमा घर टाेलमै सेवा दिन सुरु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>