Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ०४ गते शुक्रबार

एमाले कंचनपुरकाे जिल्ला अधिवेशन चैत्र १,२ गते महेन्द्रनगरमा, आज लाेगाे सार्वजनिक

नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन आगामी चैतमा हुने भएको छ । एमाले जिल्ला कमिटीको माघ २० गते र आज बसेको जिल्ला सचिवालय बैठकले अधिवेशन आगामी चैत १ र २ गते महेन्द्रनगरमा गर्ने निणर्य गरेको हो ।

आज प्रेस चौतारी नेपाल जिल्ला शाखा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशनबारे जानकारी गराई जिल्ला अधिवेशनको लोगो पनि सार्वजनिक गरिएको छ । अधिवेशन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ । सोही अवसरमा चैत १ गते खुला आमसभा समेत आयोजना गरिनेछ ।

आमसभालाई व्यवस्थित बनाउन पार्टीका पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि रानाको नेतृत्वमा सबै केन्द्रीय, प्रदेश तहका नेताहरु सम्मिलित जनपरिचालन कमिटी गठन गरिएको एमाले कञ्चनपुर जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशनका लागि जिल्लाभर पालिका र वडामा भूगोलबाट प्रतिनिधि छनोटका लागि फागुन १९ गते शनिबार गर्ने र जनसंगठनहरूले फागुन २३ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने निणर्य भएको जनाइएको छ । जिल्ला अधिवेशनमा करीब ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>