Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० फागुन ०४ गते शुक्रबार

एमाले कंचनपुरकाे जिल्ला अधिवेशन चैत्र १,२ गते महेन्द्रनगरमा, आज लाेगाे सार्वजनिक

नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन आगामी चैतमा हुने भएको छ । एमाले जिल्ला कमिटीको माघ २० गते र आज बसेको जिल्ला सचिवालय बैठकले अधिवेशन आगामी चैत १ र २ गते महेन्द्रनगरमा गर्ने निणर्य गरेको हो ।

आज प्रेस चौतारी नेपाल जिल्ला शाखा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशनबारे जानकारी गराई जिल्ला अधिवेशनको लोगो पनि सार्वजनिक गरिएको छ । अधिवेशन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ । सोही अवसरमा चैत १ गते खुला आमसभा समेत आयोजना गरिनेछ ।

आमसभालाई व्यवस्थित बनाउन पार्टीका पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि रानाको नेतृत्वमा सबै केन्द्रीय, प्रदेश तहका नेताहरु सम्मिलित जनपरिचालन कमिटी गठन गरिएको एमाले कञ्चनपुर जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशनका लागि जिल्लाभर पालिका र वडामा भूगोलबाट प्रतिनिधि छनोटका लागि फागुन १९ गते शनिबार गर्ने र जनसंगठनहरूले फागुन २३ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने निणर्य भएको जनाइएको छ । जिल्ला अधिवेशनमा करीब ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।


#एमाले जिल्ला अधिवेशन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>