Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन ०५ गते शनिबार

बुट बजारेर सलाम खानलाई हाे ?: नेता ऐर, शुक्लफाँटा नगरप्रहरि भर्ना ।

कंचनपुरको शुक्लाफाटा नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेसङ्गै कडा आलोचना हुन थालेको छ । शिक्षा, स्वास्थ , रोजगार, बाटोघाटो देखि बिपन्न वर्गका आधारभुत कुराहरुमा समेत जनताले भोगिरहेका समस्या जिबितै भइरहेको अवस्थामा करोडौं खर्च गरेर अनावश्यक रूपमा नगर प्रहरी खडा गरिन लागेको भन्दै बिरोध हुन थालेको हो । नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले सामाजिक संजाल फेसबुक मार्फत नगरपालिकाको नगर प्रहरी भर्ना नगर को हितमा नदेखिएको दाबी गर्दै उनले उक्त निर्णय प्रति आपत्ति जनाउनुका साथै बिरोध गर्न स्थानीय नगर बासी, बुद्धिजीवी सबैलाई अनुरोध गरेका छ्न ।

उक्त नगर प्रहरी भर्नाले आधारभुत विकास निर्माणका कामलाई वेवास्ता गर्दै अनावश्यक करोडौं रुपैयाँ को आन्तरिक व्ययभार बढाउने माओवादी नेता ऐनको दाबी छ । शनिबार यसबारे आफ्नो विरोध धारणा सामाजिक संजाल फेसबुकमार्फत राख्दै उनलेे लेखेका छ्न – “६ महिना पहिले जनताले लगातार हिडिरहेको १० नम्बर वाडको लालपनियाको कल्भड भत्केकोमा बनेको छैन। ऐलानि जग्गाको पुर्जा प्रक्रिया अलपत्र छ , आरक्ष पिडितहरु दशकौंदेखि नारकिय जीवन व्यतीत गरिरहेका छन । शिक्षा, स्वास्थ , रोजगार, बाटोघाटो देखि बिपन्न वर्गका आधारभुत कुराहरुमा समेत जनताले भोगिरहेका समस्या जिबितै भइरहेको अवस्थामा करोडौं खर्च गरेर वर्दि लगाएर बुट बजारेर सलाम खानुभन्दा अर्को जिबित जिम्मा नगरप्रहरिको केही छ कि ?” सेवामा लगानी गरे शक्तिको सौख देखाउनु भन्दा, उत्पादनमा लगानी गरेर जनताको सेवा गर्न गत स्थानीय तह निर्वाचनमा शुक्लाफाटा मेयरका उम्मेदवार समेत रहेका नेता ऐरले सुझाव दिएका छ्न ।

“मौजुदा परस्थितिमा यस्ता गैरजिम्मेवार कार्यहरु गर्नु जनताको मतको बर्खिलाप हो। सम्पूर्ण राजनीति दल, बुद्धिजीवी , युवा , पत्रकार , सो क्षेत्रका मतदातामा नगरकार्यपालिकाको निर्णय होस् वा मेयरसापको आफ्ना आवाजहरु बुलन्दित गर्दै यस्ता निर्णयहरु खारेजिको माग गरौ ।जनप्रतिनिधि सेवक बनौ – शासक होइन ! ” उनले नगर प्रहरी भर्ना प्रक्रिया खारेज गर्न जोडदार माग नगरपालिका समक्ष राखेका छ्न । यद्यपि , नगरपालिकाले भने नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा सार्वजनिक सम्पत्तिको रेखदेख तथा खोला नाला संरक्षण कार्यका लागि अनिवार्य देखिए नै नगर प्रहरी भर्ना गर्न थालिएको नगरपालिकाले दाबी गरेको छ । नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ । कंचनपुर जिल्लाका नौ  स्थानीय तह मध्ये नगर प्रहरी भर्ना गर्ने शुक्लाफाटा नगरपालिका पहिलो भने होइन । यसअघि भिमदत्त नगरपालिकाले नगर प्रहरी भर्ना गरिसकेको छ । नगरले तत्कालका लागि ९ जवान नियुक्त गर्न सूचना प्रकाशन गरेकोे छ।

अहिले नियुक्त भएका प्रहरीले कार्यालय, सार्वजनिक सम्पत्तिको संरक्षणको काममा खटाइने र त्यसले विकास निर्माणका काम मा विभिन्न खाले चुहावट नियन्त्रण गर्नुका साथै विकासले तीब्रता लिनेे नगर प्रमुख रण बहादुर महराले बताए । “हामीले कार्यपालिका बैठक बाट सर्वसम्मत निर्णय गरेका हौं, यसले नोक्सान होईन फाइदा नै गर्छ,” नगरप्रमुख महराले भने,” नगरपालिकाले नगर प्रहरी सहायक निरीक्षक खुला १ जना, जवान ४ जना खुल्ला, २ जना महिला, १ दलित, १ जना आदिवासी जनजाती गरी ९ जनाको भर्ना प्रकिया सुरु गरेको छ।” नगरभित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए। सडकमा फोहोर गर्ने,सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने नगरपालिकाको भनाइ छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले कार्यपालिकाले आवश्यक देखिएको अवस्थामा करारमा कर्मचारी नियुक्त गर्न सक्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>