Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ०७ गते सोमबार

दार्चुलामा ट्याक्टर दुर्घटना हुदा एक जनाकाे मृत्यु
प्रतिकात्मक तस्बिर

दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ। नौगाड गाउँपालिका-२ सुण्डमुण्ड स्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको बताईएकाे छ ।

दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निमार्ण सेवा कम्पनीका ओभरसियर धनुषाको नारायण नगरपालिका-५ गमरखोली बस्ने  ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो।

ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका-१ बस्ने २८ वर्षीय बिजेन्द्र सिंह नायक फरार रहेका छन्। नायकको खोजि गर्नुका साथै दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट अवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट अन्दाजी १५० मिटर तल खसेर आईतवार साँझ दुर्घटना भएको थियो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>