Samriddhipost
२०८१ असोज १० गते बिहिबार
मसुरिया
२०८० फागुन १२ गते शनिबार

अवस्थी स्थानिय परिषद आयुक्तमा नियुक्त

खप्तड बहुमुखि क्याम्पसका सभापति पुष्कर अवस्थी अवस्थी   स्थानीय परिषद  आयुक्तमा नियुक्त भएका हुन् । गाैरिगंगा नगरपालीका नगर प्रमुख देवी दत्त कडेलले  अवस्थीलाई स्थानीय परिषद आयुक्तमा नियुक्त गरेका हुन् ।

स्थानीय   परिषद्का सदस्य मध्येबाट एक जनालाई आयुक्त तोक्ने अधिकार नगर प्रमुखलाई छ । आयुक्त अवस्थी यस अघि शान्ति दुत प्रदेश संयोजक तथा स्थानीय स्काउट सदस्यता वृद्धि संयोजकको रुपमा कार्यरत थिए । १२ वर्षदेखि स्काउटमा निर्वाचन हुन सकेको थिएन् ।

प्रदेश संरचनामा गएपछि नेपाल स्काउटमा पहिलो पटक निर्वाचन गरिएको हो । अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले स्थानीय तहमा आफ्नो पालिकाका विभिन्न वडा स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गर्दै आएको छ । नैतिकता सहीत जीवन विकास, काम प्रतिको जिम्मेवारी, सामाजिक सेवा र सहकार्यको भावना बोकेको स्काउट नगरका सबै वडा का सामुदायिक तथा सस्थागत बिधालयमा सक्रिय छ ।

स्काउटले सरकारी विद्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयका विद्यार्थी र स्थानीय क्लबका सदस्यहरूलाई आफ्नो सदस्यता वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलाप गर्ने, सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने गर्दछ ।

विद्यार्थी जीवनबाटै अनुशासन र आदर्श जीवन निर्माणमा स्काउटको महत्वपूर्ण भूमिका रहने भएकोले बद्ढो दुव्र्यशनी र कुलतबाट बच्न बचाउन स्काउट कार्य अनिवार्य जस्तै देखिएकोले आफ्नो कार्यकाल त्यसैमा केन्द्रीत गर्ने अवस्थिले बताएका छन् । अवस्थी लामो समयदेखि सामाजिक र विद्यार्थी  राजनीतिक सेवामा सक्रिय छन् ।अवस्थीले स्थानीय परिसद  स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>