Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
मसुरिया
२०८० फागुन १२ गते शनिबार

अवस्थी स्थानिय परिषद आयुक्तमा नियुक्त

खप्तड बहुमुखि क्याम्पसका सभापति पुष्कर अवस्थी अवस्थी   स्थानीय परिषद  आयुक्तमा नियुक्त भएका हुन् । गाैरिगंगा नगरपालीका नगर प्रमुख देवी दत्त कडेलले  अवस्थीलाई स्थानीय परिषद आयुक्तमा नियुक्त गरेका हुन् ।

स्थानीय   परिषद्का सदस्य मध्येबाट एक जनालाई आयुक्त तोक्ने अधिकार नगर प्रमुखलाई छ । आयुक्त अवस्थी यस अघि शान्ति दुत प्रदेश संयोजक तथा स्थानीय स्काउट सदस्यता वृद्धि संयोजकको रुपमा कार्यरत थिए । १२ वर्षदेखि स्काउटमा निर्वाचन हुन सकेको थिएन् ।

प्रदेश संरचनामा गएपछि नेपाल स्काउटमा पहिलो पटक निर्वाचन गरिएको हो । अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले स्थानीय तहमा आफ्नो पालिकाका विभिन्न वडा स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गर्दै आएको छ । नैतिकता सहीत जीवन विकास, काम प्रतिको जिम्मेवारी, सामाजिक सेवा र सहकार्यको भावना बोकेको स्काउट नगरका सबै वडा का सामुदायिक तथा सस्थागत बिधालयमा सक्रिय छ ।

स्काउटले सरकारी विद्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयका विद्यार्थी र स्थानीय क्लबका सदस्यहरूलाई आफ्नो सदस्यता वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलाप गर्ने, सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने गर्दछ ।

विद्यार्थी जीवनबाटै अनुशासन र आदर्श जीवन निर्माणमा स्काउटको महत्वपूर्ण भूमिका रहने भएकोले बद्ढो दुव्र्यशनी र कुलतबाट बच्न बचाउन स्काउट कार्य अनिवार्य जस्तै देखिएकोले आफ्नो कार्यकाल त्यसैमा केन्द्रीत गर्ने अवस्थिले बताएका छन् । अवस्थी लामो समयदेखि सामाजिक र विद्यार्थी  राजनीतिक सेवामा सक्रिय छन् ।अवस्थीले स्थानीय परिसद  स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>