Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १२ गते शनिबार

दाेधारा चाँदनीमा खुल्याे चिम उद्याेग, काठमाडौं सम्म जाँदै, थप बजार बिस्तारकाे याेजनामा उद्याेग

दाेधारा चाँदनी नगरपालीका ३ शान्ति टाेलमा चिम उद्याेग खुलेकाे छ । बिगत ०७७/०७८ सालबाट काम सुरु गर्न सुरु गरेकाे उद्याेग शुक्रवार औपचारिक रुपमा नगरपालीकाका मेयर किशाेर कुमार लिम्बुले उद्घाटन गरेका हुन ।

ब्यावस्थापन पढेका बलदेव भट्ट र ईलेक्ट्रिकल ईलेक्ट्रिक ओभरसियर पढेका गजेन्द्र भट्ट दाजुभाई मिलेर उद्याेग संचालनमा ल्याएका छन । २० -२२ बर्षे उमेरमा पढ्ने समय बाटै दुबैजनाले परिवारकाे सहयाेगमा काम सुरु गरेका थिए ।

परिवर्तन आफैबाट भन्ने नारा सहित आफुपनि काम गर्ने र अरुलाई पनि काम दिने गरि गर्ने गरि काम भैरहेकाे उद्याेगका सिईयाे गजेन्द्र भट्टले बताए । उनले भने २ बर्ष सम्म गुणस्तर लगायत परिक्षण गरेपछि औपचारिक रुपमा उद्घाटन गरेका छउ,सबै किसिमका चिमहरु उत्पादन हुन्छन, तीन वाट देखि पच्चिस वाट सम्मका नियमित ठुला चिम अडरमा उत्पादन हुँदै छन, तिहार, डकाेरेसन लगायतमा समेत प्रयाेग हुने चिम समेत उत्पादन हुन्छन । सुदुरपश्चिम समेत देशकाे राजधानी काठमाडौं सम्म बिक्रि भैईरहेकाे थप बजार बिस्तार गर्ने तयारि रहेकाे बताएका छन ।

उद्घाटन कार्यक्रममा नगरपालिका मेयर समेत वडाका जनप्रतिनिधिकाे सहभागिता रहेकाे थियाे । मेयर लिम्बुले युवा सबै बिदेशिरहेका बेला युवा दाजुभाईकाे कामले खुसि भएकाे, याे उमेरमा युवाहरु सयभन्दा सामाजिक संजाल, लागुऔषध लगायतमा बरालिरहदा यी युवाले स्वराेगार उद्धमि बन्दै अरु मानिसलाई पनि  राेजगारि दिएका छन ।  स्थानिय सरकारले सक्दाे सहयाेग गर्ने बताएका छन ।

यस्ता उत्पादित समान देशकाे पुर्व भागबाट आउने गरेकामा अब पश्चिम बाट पुर्व सम्म जाने अवस्था सिर्जना भएको उद्याेगका ब्यावस्थापक बजार प्रमुख बलदेव भट्टले बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>