Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १५ गते मङ्गलबार

महाकाली सिचाईकाे मुल नहर शिवनगरमा फुट्याे, बालीमा क्षति

कञ्चनपुरको बेलौरीमा महाकाली सिँचाइ द्धितिय चरण अन्तर्गतको नहर फुटेको छ । बेलौरी नगरपालिका – १० भुडामा रहेको शिवनगर मेन नहर फुटेको हो । नहर फुट्दा नहरको पानि भरिएर किसानले भर्खरै लगाएको उखु, मसुर लगायतका बालिहरुमा क्षति पुगेको छ ।


स्थानीय ओमप्रकाश पन्तले २ दिन अघि करिब १५ कट्ठामा लगाएको उखुबारीमा नहरको पानी भरिएको छ । त्यस्तै स्थानीय करन शाहीको करिब १० कट्ठामा लगाएको मसुरलाई पनि पानिले क्षति पु¥याएको छ । कृषक शाहीले नहरको पानिका कारण आफुहरुको बालिमा नोक्सानी पुगेको बताएका छन । उनले आफुहरुले नोक्सानीको क्षतिपुति पाउनुपर्ने समेत बताए ।

अर्का किसान ओमप्रकाश पन्तले सिँचाई कार्यालयको लापरवाहीका कारण आफुहरुले नोक्सानी बेहोर्नु परेको बताए । उनले आफुले भर्खर लगाएको उखुका साथै तरकारी र अन्यवालीमा समेत नोक्सानी भएकाले क्षतिपुर्ति दिएर नहर मर्मत सम्भार कार्य गरिनुपर्ने बताए । उनले नहरको फुटेको ठाउँ केही दिन अगाडि नै सम्बन्धितलाई देखाएको बताए । उनले आफुहरुले क्षतिपुर्ति नपाउँदा सम्म मर्मतको कामर्य समेत गर्न नदिने बताए । दशकौ अघि बनेको नहर सरोकारवाला निकायले मर्मत नगर्दा फुटेको स्थानीयले बताएका छन । महाकाली सिँचाइ कार्यालयको लापरबाहीले नहर फुट्दा नोक्सान भएको स्थानियहरुको आरोप छ ।

सोमबार शिवनगर मेन लाइन नहरमा पानी छाडिएको थियो । एकैचोटी धेरै पानी नहरमा छोडदा नहर फुटेको महाकाली सिँचाइ जल उपभोक्ता संघका केन्द्रिय अध्यक्ष भिम बहादुर थापाले बताए । ‘नहर जिर्ण भइसकेको छ’ थापाले भने ‘माटोले बनेको नहर दशकौ भैइसक्यो, एकैचोटी धेरै पानी छोड्दा नहर फुट्यो ।’

सिँचाइ कार्यालयबाट जेसिबी मगाएर अहिले मर्मतको काम भइरहेको उनले बताए । २०५५ सालतिर कञ्चनपुरको दक्षिणी क्षेत्रमा नहर निर्माण सम्पन्न भएको थियो । विश्व बैंकको अरबौ लगानीमा निर्माण भएको नहरको निर्माण सम्पन्न पछि मर्मत गरिएको छैन । मर्मत नगर्दा पछिल्लो समय विभिन्न ठाउमा नहर फुट्ने समस्या देखिएको छ । केही महिना अघि बेलडाडिमा पनि शिवनगर मेन नहर फुटेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>