Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १५ गते मङ्गलबार

कंचनपुरका तीन पालीकाका जनता नागरिकता पाउन बाट बन्चित, बिधुतकाे समस्या उस्तै

नगरिकताबाट बन्चित भए कंचनपुरका तीन पालिका, गृहलाई दोष देखाउदै पन्छिए सिडियो
पुनर्वास– कंचनपुरको तीन पालिकाका नागरिक दुई साता देखि नागरिकता प्राप्त गर्नबाट बन्चित भएका छन् । 
फागुन १ गते ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका कार्यालय प्रमुख डम्बर बहादुर खड्काको जिम्मेवारीको समयावधि सकिएपछि गृह मन्त्रालयले जिम्मेवारी थप नगरिदिदा कंचनपुरको पुनर्वास, बेलौरी र लालझाडीका नागरिक नागरिकता प्राप्त गर्नबाट बन्चित भएका हुन् ।

लामो समय देखि ईलाका  प्रशासन जस्तो कार्यालयमा दैनिक प्रवाह हुने सेवा पुर्ण रुपमा ठप्प हुँदा समेत वैकल्पिक व्यवस्था गर्न नसक्नु निकै लज्जास्पद भएको पुनर्वासका स्थानीय रामबहादुर तामाङले बताए ।

यस विषयमा  जिल्ला प्रशासन कार्यालय कंचनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसंग बुझ्दा प्रमुखको जिम्मेवारी पाएका खड्काको  समयावधि गृहले नबढाउदा समस्या आएको जानकारी दिए ।

जिल्लामा कर्मचारीको अभाव छ । गृहले समयावधि नबढाए अर्को हप्ता सम्म कर्मचारी पठाउने  सिडियो अधिकारीको भनाई छ । तर सिडियोको भनाई नागरिकको समस्या विपरित देखिएको छ । प्रशासन जस्तो निकायमै कर्मचारीका कारण सेवा पूर्ण रुपमा प्रभावित हुनु सिडियोको गैरजिम्मेवारी भएको स्थानीयहरुको  आरोप छ ।

 
जिम्मेवारी खोसिएपछि एक दिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत प्रशासकीय अधिकृत उद्धव सिँह कार्कीलाई त्रिभुवनबस्तीको जिम्मेवारीमा खटाईएपनि अर्को दिनबाट पूर्ण रुपमा सेवा ठप्प हुन गएको थियो ।

तर यता नागरिकताकै लागि प्रत्येक दिन कार्यालयमा पुग्ने चालिस जना भन्दा बढि व्यक्तिहरु सास्ती पाईरहेका छन् । यस विषयमा जनप्रतिनिधिहरुको चासो पनि कम भएका कारण सास्ती खेप्नु परेको सेवाग्राहीहरुको दुखेसो छ ।

विधुतको समस्या कायमै

इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा विधुतको समस्या कायमै रहेको छ । इलाका प्रशासन कार्यालयमा वैकल्पिक व्यवस्थापन नहुँदा अझै सेवाग्राहीले सास्ती पाइरहेका छन् ।
प्रशासन कार्यालयमा विगत केहि वर्ष अघि देखि विधुतको वैकल्पिक व्यवस्थापन हुन नसक्दा दुई नगरपालिका र एक गाउँपालिकाबाट आउने सेवाग्राहीहरूले सेवा लिन सास्ती खेप्नुपरेको छ ।
सबैभन्दा बढी भिडभाड हुने यो कार्यालयमा विधुतको वैकल्पिक व्यवस्थापन नहुनु निकै लज्जास्पद भएको स्थानीय स्वास्थ्यकर्मी रमेश मगरले बताएका छन् ।
 उनले यस विषयमा आफुले कार्यालयमा सोध्दा बजेट नहुँदा वैकल्पिक व्यवस्था गर्न नसकेको र पालिकाहरुमा सहयोगका लागि अनुरोध गरेको कुरा सुनाएको जानकारी दिए ।
यस समस्याका विषयमा तीनै पालिकाले बजेट विनियोजित गरिदिए बिधुतका कारण झेल्नुपर्ने समस्याको अन्त्य हुने देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>