Samriddhipost
२०८१ असोज १० गते बिहिबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० फागुन १७ गते बिहिबार

दोधारा चाँदनीमा आधारभुत मानविय मापदण्ड सम्बन्धी अभिमुखिकरण

दोधारा चाँदनीमा आधारभुत मानविय मापदण्ड सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ स्थित भानु बहुमुखी क्याम्पसको सभा कक्षमा आधारभुत मानविय मापदण्ड सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको नेपाल गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

अभिमुखिकरणमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, नेपाल रेडक्रस सोसाईटीका लक्ष्मण दत्त भट्ट, दोधारा चाँदनी उत्थानशिल युवा सञ्जालका प्रतिनिधी, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधी, सामुदायिक बिपद् ब्यवस्थापन समितिका प्रतिनिधी, महिला स्वास्थ्य स्वयम सेविका, खोजउद्धार टोलीका प्रतिनिधी लगाएतहरुको सहभागिता रहेको थियो ।

बाढीको रोकथाम, विपद् जोखिम न्यूनीकरण गर्ने लगाएतका मानविय मापदण्डको पूर्व तयारी विषयमा तालिममा सहभागीहरुलाई अभिमुखिकरण गरिएको थियो ।  दोधारा चाँदनी नगरपालिका वडा नं. ८, ९ र १० वडाका स्थानियहरु बिगत लामो समय देखि बाढीको पिडा झेल्दै आएका छन् । बाढी आउनु पुर्व सुचना प्रणाली मापदण्ड, आउदा र आएपछिका मानविय मापदण्डको बिषयमा सहभागीहरुलाई अभिमुखिकरणमा प्रशिक्षण गराईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)  को आयोजना र डिसीए नेपालको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा संचालन भएको अभिमुखिकरणमा बाढी आउनु पुर्व सुचना प्रणाली मापदण्ड, आउदा र आएपछिका मानविय मापदण्डको बिषयमा सहभागीहरुलाई छलफल तथा जानकारी गराईएको हो ।

अभिमुखिकरणमा सहभागीहरुले तालिम पश्चात बिपद्को बेला आधारभुत मानविय मापदण्डको बारेमा जानकारी भएको र बाढी आएमा आफुहरुले मानविय मापदण्डको पालना गर्ने बताएका छन् । दोधारा चाँदनी नगरसपालिका क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले बिपद्बाट जोग्गीन बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>