Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १८ गते शुक्रबार

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका अर्याललाई हटाउने निर्णय, कानुनि उपचारमा जान्छु अर्याल ।

सुदूरपश्चिम प्रदेश स्वास्थ आर्पुति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए ।

उनकाअनुसार मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्दशकको जिम्मेवारीमा थिए ।

उनलाई सामाजिक विकास मन्त्रालयले उनलाई ३० फागुन २०७९ मा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो ।

तर अर्यालले भने प्रदेश सरकारले गरेको निर्णयविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।

प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा मिलेमतो गरेको भन्दै प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन गरिरहेको थियो ।

छानबिन नसकिदासम्म उनलाई जिम्मेवारीमुक्त गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो तर मन्त्रालयले अर्याललाई पदमुक्त गर्ने अधिकार नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>