Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० फागुन १८ गते शुक्रबार

बडुवाल टोलमा जंगली हात्तीको आतंक उस्तै, मध्यरातमा हात्ती धपाउदै स्थानिय

दोधारा चाँदनीको बडवाल टोलमा जगंली हात्तीले गहुँवाली नष्ट गर्दै आएको छ् ।
 दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानियबासी हात्तीले उनिहरुको गहुँवाली नष्ट गर्न थालेपछि स्थानिय किसानहरु रातीको समयमा जंगली हात्ती खेतवारीबाट धपाउन जाग्रम बस्न थालेका छन् । 
बस्तीमा बिगत लामो समय देखि जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्ने, घरहरु भत्काउने गर्दै आएको छ् । गएराती बडुवाल टोलका किसान अम्मरे मगर, बल बहादुर मगर, पुष्पा खत्री, चन्द्रकला मगर, नर बहादुर मगर लगाएत एक दर्जन भन्दा बढीको गहुँवाली नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् ।

बिगत लामो समय देखि भारतिय जंगलबाट बस्तीमा पस्दै आएको जंगली हात्तीको कारण स्थानियहरुले निकै समस्या खेप्दै आउनु परेको छ् । 
बच्चा सहित आएको जंगली हात्तीले धपाउन जाँदा हात्तीले आक्रमण गर्न आउने हुदा खेतको गहुँ वाली सखाफ नगरे सम्म हात्ती नभाग्ने गरेको महाविर क्षेत्रीले बताएका छन् । वर्षौ देखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानिय निराश हुदै आएका छन् । ‘हात्ती बस्तीमा पस्दा कोही थाल ठटाउछन्, कोही भने साईरन बजाउछन्, कोही आगोको धुनी बाल्छन् । अनेक थरी उपाय लगाए पनि हात्तीको हुन भाग्दै भाग्दैन्’ स्थानियबासी महाविर क्षेत्रीले भने । बिगतका दिनहरुमा सरह अहिले पनि बस्तीमा जंगली हात्तीको आतंक नरोकिएको स्थानियहरुको भनाई छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>