Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १९ गते शनिबार

आरडिएनमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन

सामाजिक विभेदविरोधी आन्दोलनको एक अगुवा संस्था राष्ट्रिय दलित नेटवर्क (आरडिएन) को नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन गरिएकाे छ।
कैलालीको धनगढीमा आज आयोजित शपथग्रहण तथा पदस्थापन कार्यक्रममा संस्थापक अध्यक्ष एवं दलित नागरिक आन्दोलनका नेता गणेशबहादुर विश्वकर्माले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ गराउँदै जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।
'छुवाछूतबिनाको अर्को नेपाल सम्भव छ, आउनुहोस् निर्माण गरौँ' भन्ने मूल नाराका साथ यहीँ फागुन ५ गते काठमाडौँमा भएको दलित संसद तथा संस्थाको पाँचौं राष्ट्रिय सम्मेलन तथा १६ औँ साधारणसभाबाट मोहन ओडको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको थियो ।  सम्मेलनले संगठनका संस्थापक अध्यक्ष विश्वकर्मालाई संरक्षकको जिम्मेवारी प्रदान गरेको थियो भने  समितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः श्याम सुनार, पार्वती आग्री, जंग बहादुर सुनार र गीता नेपालीलाई चयन गरेको थियो । समितिको सदस्यहरुमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की चयन हुनुभएको थियो ।
आज आयोजित कार्यक्रममा‌ नवनिर्वाचित कार्यसमितिलाई सपथग्रहण गराउँदै संस्थापक अध्यक्ष एवं संरक्षक विश्वकर्माले राष्ट्रिय दलित नेटवर्क एक गैरसरकारी संस्थाको नाम मात्र नभई सामाजिक विभेद, असमानता, दासता र बधुवा श्रमविरोधी आन्दोलनका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले अहिले मुलुकले अङ्गिकार गरेको संघीयता र समावेशी विकासको नीतिअनुरूप दलितहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापना गर्न संगठनले निरन्तर पैरवी र पहरेदारीको काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै दीगो विकास लक्ष्यअनुसार कसैलाई पछाडि नपारौँ भन्ने मर्म र भावनाअनुरूप संगठनको अभियान केन्द्रीत हुनुपर्नेमा समेत उहाँको जोड थियो ।
त्यस्तै, नवनिर्वाचित केन्द्रीय अध्यक्ष मोहन ओडले संगठनले दिशानिर्देश गरेका मुख्य लक्ष्य, उद्देश्य र रणनीतिक योजनाहरू पूरा गर्न आफूहरू एकताका साथ प्रतिबद्ध भएर अगाडि बढने बताउनुभयो । उहाँले संस्थापक नेतृत्व र अगुवा नेताहरूले आर्जन गरेको साख जोगाउन आफूहरू क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका संचालक एवम् संस्थाका कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीले संस्थापक अध्यक्ष र कार्यसमितिलाई साथमा लिएर थप प्रभावकारी भूमिका निर्वाह गर्न नयाँ नेतृत्वले अझबढी क्रियाशील हुनुपर्ने बताउनुभयो

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>