Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २० गते आइतबार

ईजरेल ६ हप्ते युद्धबिराम गर्न तयार, हमासकाे छैन जवाफ ।
फायल फाेटाे

इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायल गाजामा युद्ध विराम गर्न र बन्धक रिहाइको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ ।
अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्ध विराम गर्न तयार भएको हो । प्रस्तावका अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ । यस विषयमा हमासबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
गाजामा इजरायल र हमासबीच झण्डै पाँच महिनादेखि द्वन्द्व चलिरहेको छ । अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धमा तीस हजारभन्दा बढी मानिसको ज्यान गएको छ । 
इजरायली सेनाले शनिबार रफाह सहरको एक अस्पताल नजिकैको शरणार्थी शिविरमा बमबारी गर्दा ११ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले देर अल–बालाह र जबलियामा तीनवटा घरहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा १७ प्यालेस्टाइनी मारिएका छन् भने दर्जनौँ घाइते भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
नेपाली विद्यार्थि विपिन जाेशी समेत हमास नियन्त्रणमा रहेका बताईन्छ तर अवस्था अज्ञात नै छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>