कैलालीको टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह निलम्बित भएका छन् ।
टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले उनलाई निलम्बन गरेको नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिए ।
यस अघि कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
जसमा अख्तियारले शाह सहितका २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । हालका उपमेयर शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया