Samriddhipost
२०८२ चैत ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २२ गते मङ्गलबार

सुदुरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ विभागकाे भवन सम्झाैता अनुुसार भएन निर्माण ।

सुदुरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायको निर्माणाधिन भवनको निर्माण सम्झाैता (बिओक्यू ) अनुसार नबनिरहेकाे देखिएकाे छ 
  विश्वविद्यालयकाे ईन्जियरिङ्ग विभाग केन्द्रीय  क्याम्पस महेन्द्रनगरमा निर्माणाधिन भवनमा निर्माण कम्पनि  एमके विल्डर्स एण्ड कन्स्ट्रक्सनले निर्माण गरिरहेको भवनमा पर्खाल बांगो लगाएको,पिल्लरहरु नमिलेको, पहेँलो देखिने दोयम इँटाको प्रयोग भएको, सम्झौता अनुसार प्लास्टर समेत नगरिएको, भित्तामा पिल्लर,बिमको र ईटाकाे लेवल नमिलेको र सिंढीमा डिजाइन अनुसारको मापदण्डमा छड प्रयोग नगरि निर्माण अगाडि बढाएकाे  पाइएको छ ।
विश्वविद्यालयका तर्फबाट भवनको निर्माण कार्य हेर्ने पछिल्लाे समय नियुक्त भएकाे आरएमसी मल्ल पिकासो जेभि कन्सल्टेन्सीले माघ १४ गतेका दिन निर्माण कम्पनीलाई पहिलो, दोस्रो र अन्तिम तलामा सम्झौता अनुसार इँटाको ल्याब परीक्षण नगरी निर्माणको काम अगाडी नबढाउने भनी पत्र लेखे पनि पहेँलो देखिने इँटाको ल्याब टेष्ट नगरी प्रयोग  गरेको देखिएको छ । यदि ल्वाव टेष्ट गर्न पहेलाे देखिने ईटा गएकाे भए निर्माण स्थल र भित्तामा यस्ता ईटा प्रयाेग भएकाे नदेखिनु पर्ने  हाे ।
निर्माण स्थलमा आज जादा निर्माण व्यवसायीका ईन्जिनियर तथा प्राविधिक भेटिएनन् । यस पछि यससम्बन्धमा बुझ्नका लागि निर्माण व्यवसायी चक्र साह लाइ बुझदा कम्पनीका शेयर सदस्य लोक बहादुर ठकुराठीले त्यहाकाे निर्माण हेरिरहेकाले उतै बुझन भनेपछी लोक बहादुर ठकुराठीलाई फाेन सम्पर्क गरि बुझ्दा आफुहरुले सम्झौता अनुसार काम गरिरहेको र आफुहरुले  गरेको काम विश्वविद्यालयको कन्सल्टेन्सीले हेरिरहेको बताए ।
विश्वविद्यालयको भवन निर्माण कार्य हेर्ने इआरएमसी मल्ल पिकासो जेभि कन्सल्टेन्सीका ईन्जिनियर पुस्कर मल्लले निर्माणका क्रममा देखिएका समस्यालाई सुधार गरी निर्माण गर्न निर्माण कम्पनी एमके विल्डर्स एण्ड कन्स्ट्रक्सन लाई पत्र लेखेरै जानकारी गरेको भए पनि निर्माण कम्पनीले अहिलेसम्म जवाफ नफर्काएको बताए ।

 


#शुपवि ईन्जिनियरिङ भवन निर्माण

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>