Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २३ गते बुधबार

नयाँ सत्ता समिकरणमा सुदुरपश्चिम बाट २ मन्त्री

सत्ता समीकरण फेरिएर बनेको नयाँ गठबन्धन सरकारमा सुदूरपश्चिमबाट दुई जना मन्त्री भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दामोदर भण्डारी र भानुभक्त जोशी मन्त्री बनेका छन् ।
भण्डारी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री र जोशी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भएका छन् । उनीहरुले बुधबार शपथ लिएका छन् ।
भण्डारी गत वर्ष प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री थिए । दाहालले काँग्रेससित गठबन्धन गरेपछि भण्डारीको मन्त्री पद गएको थियो । अहिले एक वर्षमा भण्डारी पुनः मन्त्रालयमा फर्किएका छन् । बैतडीमा निर्वाचित साँसद भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री भई सकेका छन् ।
एकीकृत समाजवादीका नेता भानुभक्त जोशी संघीय मामिला तथा प्रशासन मन्त्री भएका छन् । एमाले विभाजनपछि समाजवादी भएका उनी बझाङ्गबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । जोशी वन तथा वातावरण मन्त्री भई सकेका छन् ।
यस अघि काँग्रेस सहितको गठबन्धन सरकारमा सुदूरपश्चिमबाट एनपी साउँद मन्त्री थिए । कञ्चनपुर २ बाट निर्वाचित साँसद साउँद गत वैशाखमा परराष्ट्र मन्त्री भएका हुन् ।
प्रधानमन्त्री दाहालले दुई दिन अघि काँग्रेस सहितको गठबन्धन छाडेर एमाले लगायतका दलसित सत्ता समीकरण बनाएका हुन् । प्रधानमन्त्रीमा दाहालले निरन्तरता पाएका छन् । नयाँ सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>