Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २४ गते बिहिबार

नेकपा माओवादीपछि एकीकृत समाजवादीले पनि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने तयारीमा पुगेको छ । बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।
आज १० बजे संसदीय दलको बैठक बसेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारी भएको समाजवादी संसदीय दलको कार्यालय स्रोतले जनाएको छ । योसँगै मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । यहाँ समाजवादीका ४ जना प्रदेश सांसद छन् । 
बुधबार मात्रै नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समाजवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ ।नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै समर्थन रहने छ । 
स्वतन्त्र सांसद डा तारादत्त जोशी भने अहिले पर्ख र हेरको अवस्थामा छन् । नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागी नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत पुग्ने देखिँदैन । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>