Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २६ गते शनिबार

भाेलिबाट कृष्णपुरमा गाई ब्यावस्थापनका लागि महायज्ञ हुँदै

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि भोलीदेखि महायज्ञ संचालन हुन लागेको छ । आइतबारदेखि कृष्णपुर नगरपालिका ४ बिन्द्रावनमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि महायज्ञ संचालन हुन लागेको हो ।
ग्वाँसी समैजी गौशाला व्यवस्थापन समिति र कृष्णपुर नगरपालिका ४को आयोजनमा महायज्ञ संचालन हुन लागेको जनाईएको छ । कृष्णपुर नगरपालिका ४का वडाध्यक्ष धर्म बहादुर सिहले महायज्ञको तयारी पुरा भएको बताए ।
अध्यक्ष सिहले अहिले नै ७सय पशु चौपाया व्यवस्थापन भईरहेको र बाँकी महायज्ञ मार्फत संकलन हुने स्रोतबाट गरिनेछ । महायज्ञको उद्घाटन प्रतिनिधी सभा सदस्य एव पुर्वमन्त्री एनपी साउदले गर्ने कार्यक्रम रहेको बुझिन्छ । वडाध्यक्ष सिहले छाडिएका पशु चौपाया ल्याएर उनीहरुको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने बताए ।
कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरपालिकाबाट उत्तरी क्षेत्र १ र ४मा ठुलो परिमाणमा पशु चौपाया व्यवस्थापन कार्यक्रम अघि बढाउन खोजिएको बताए । मेयर ओझाले महायज्ञ मार्फत नागरिकलाई गाईप्रतिको महिना बढाउनेदेखि छाडिएका पशु चौपायाको उचित व्यवस्थापन गर्ने बताए ।
‘हामीले पशु चौपायाको व्यवस्थापन कार्य फरक ढङगबाट गरेका छौँ, ‘मेयर ओझाले भने, ‘एकातिर नागरिकलाई समेत गाईप्रति उत्तरदायी बनाउने अर्कारित छाडिएका पशु चौपाया नियन्त्रण गर्दै उनीहरुको उचित व्यवस्थापन गरेर बहुपयोग काम गछौँ ।’
३ चैत्रसम्म संचालन हुने महायज्ञमा गाई सरक्षणका लागि स्रोत जुटाउनुका साथै नागरिकलाई गाई सरक्षणका कामकाजप्रति कर्तव्यनिष्ठ बनाउने आयोजकको संकल्प रहेको छ । ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर खडकाले समाजिक कामका लागि सरोकारवाला निकायले समेत साथ सर्मथन सहयोगको अपिल गर्दै आएका छन ।
छाडा पशु चौपाया व्यवस्थापन कार्यमा नागरिक सहित स्थानीय सरकार अग्रसरदेखि पछि छाडा पशुचौपायाबाट राजमार्गदेखि खेतबारीसम्म हैरान भएका यात्रुदेखि किसान समेत हर्षित भएका छन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>