Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० फागुन २७ गते आइतबार

दोधारा चाँदनीका मृगौला पिडित राधाको उपचारमा तमु समाजको सहयोग

दोधारा चाँदनीका मृगौला पिडित राधा गुरुङ्गलाई तमु समाज दोधारा चाँदनीले उपचारमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी राधा गुरुङ्ग लामो समय देखि मृगौलाको समस्याबाट ग्रसित बन्दै आएका छन् । तमु समाज दोधारा चाँदनीको टोलीले राधा गुरुङ्गको घरमै पुगेर रु. ८ हजार ६ सय ६० रुपिँया सहयोग गरेको तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले जनाएका छन् ।

 अध्यक्ष तमान सिंह गुरुङ्गका अनुसार तमु समाजको कोषबाट रु. ५ हजार र मयुर कृषक समुह दोधारा चाँदनी– ८ गैरिवारे टोलबाट रु. ३ हजार ६ सय ४० रुपिँया गरि जम्मा रकम रु. ८ हजार ६ सय ६० रुपिँया राधा गुरुङ्गको उपचारको लागी सहयोग गरिएको हो । मृगौला पिडित राधा गुरुङ्गको दुबै मृगौलामा समस्या देखिएपछि उनको उपचारको लागी भारत लगाएत बिभिन्न स्थानमा लगिएको हो । आर्थिक अवस्था दैनिय रहेका राधाको उपचारको लागी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गठित जातिय संगठन तमु समाजले उपचारका सहयोग गरेको हो । तमु समाजका अध्यक्ष आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका गुरुङ्ग घरपरिवारको लागी तमु समाजको कोष अन्तर्गत सहयोग गरिएको अध्यक्ष तमान सिंह गुरुङ्गले बताएका छन् ।

 यस अघि रुखबाट खसेर शक्त घाईते भएका दोधारा चाँदनी नगरपालिका– ६ निवासी वर्ष ३८ का शेर बहादुर गुरुङ्गको उपचारको लागी रु. ५ हजार नगद रकम सहयोग गरेको तमु समाज दोधारा चाँदनीले जनाएको छ् । राधाको आर्थिक अवस्था निकै दैनिय रहेको कारण उपचार गर्न समस्या भएको अवस्थामा सहयोगको लागी सबैलाई आह्वान गरिएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>