Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २७ गते आइतबार

राष्ट्रिय सभा अध्यक्षमा शर्मा र दहाल भिड्दै ।

सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । फागुन २९ गते हुन लागेको निर्वाचनमा दुई दलले आ–आफ्नो उम्मेदवार उठाउने निर्णय गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए । पार्टीपंक्तिले भने ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत दाहालको कार्यकाल २०८४ मा सकिँदैछ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको बताए ।उनले भने, ‘राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रूपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो । झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका साथीहरूको नाम पनि चर्चामा थियो । केही साथीहरूको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो । ३० गते विश्वासको मत लिने भन्ने कुरा भयो ।’
उता नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।  यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपछि नयाँ उम्मेदवार खडा गरिएको छ । सिटौलालाई भने सभापति शेरबहादुर देउवाले कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरेका छन् । निर्वाचनमा हालको सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ । 

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>