Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २८ गते सोमबार

स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत सुनाएको हो ।
आइतबार विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र राम बहादुर थापाको इजलासले रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा कटवाललाई दोषी ठहर गरेको हो । कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना तथा ९ महिना कैद सजाय हुनेसमेत फैसला गरेको छ ।
सार्वजनिक सम्पत्तिको हिनामिना गरेको कसुरमा अख्तियारले २०७९ भदौ १६ गते उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालले आर्थिक वर्ष २०७८/०७९ मा स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरका रूपमा राखेको कागजी नियुक्ति तयार पारी तलब निकासा गराएका थिए । त्यसै गरी हुँदै नभएको काम भएको भनी खर्च देखाएको, भर्चुअल अनुगमन गरेको जिल्लामा अनुगमनमा गएको भनी बिल तयार पारी रकम बुझेको, विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल तयार पारेको र नक्कली सम्झौता गरेको लगायतको कसुरमा मुद्दा दायर भएको थियो ।
त्यस्तै रजिष्ट्रार कटवालले बिग्रेर थन्किएर बसेको सवारीसाधनसमेत मर्मत गरेको भनी व्यवसायीसँग बिल लिएर भुक्तानी लिएको पाइएको थियो । त्यस्तै भ्रमण गरेको भनी मिति सच्याएर किर्ते गरी रकम भुक्तानी लिएको लगायतको आरोप रजिष्ट्रार कटवालमाथि लगाइएको थियो । 
सोही मुद्दामा विशेष अदालतले कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना र ९ महिना कैद सजायको फैसला सुनाएको हो ।


#भष्टाचार ठहर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>