Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २८ गते सोमबार

कञ्चनपुर जिल्ला अदालत बारकाे २१ औ साधारणसभा सम्पन्न, यस्ताे छ कार्यसमिति ।

कंचनपुर जिल्ला अदालत वारकाे २१वा बार्षिक साधारण सभा तथा अधिवेसन आज सम्पन्न भएकाे छ । साेमबार सम्पन्न अधिवेशनले नरेन्द्र बहादुर सिहकाे अध्यक्षतामा ११ सदस्यिय समिति चयन गरेकाे छ । ३९ जना आवद्ध रहेकाे जिल्ला बारमा सिह निवर्तमान समितिमा उपाध्यक्षकाे भुमिकामा रहेका थिए ।
 नबगठित समितिमा उपाध्यक्ष हरेन्द्र राज विष्ट , सचिव शंकर बहादुर विष्ट, सहसचिव   पुर्णा भट्ट काेषाध्यक्ष विश्वम्भर नाथ र सदस्यहरुमा गणेश बहादुर बाेहरा , राम दत्त पन्त, महेश राज भट्ट , महेश दत्त भट्ट, डम्मर चन्द, एन्जिला थापा चयन भएका छन । नवगठित समितिका सवै पदाधिकारि तथा सदस्य निर्विराेध निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृत धर्मानन्द नाथले जानकारि दिनु भयाे । बारका ईकाइहरुकाे कार्यकाल निर्वाचित भएका मितिले दुई बर्षकाे रहेकाे छ । नवनिर्वाचित अध्यक्ष सिह विगत १९ बर्ष देखि कञ्चनपुर जिल्लामा कर्मथलाे बनाई वकालत गरि आउनु भएकाे छ । त्यसै गरि निर्वाचित उपाध्यक्ष दुई दशक बढि वकालत पेशाबाट अनुभवि रहनु भएकाे छ भने निर्वाचित सचिव र काेषाध्षक्ष सरकारि सेवाबाट निवृत भइ वकालत गरि आउनु भएकाे छ । नवनिर्वाचित सहसचिव लामाे समय शिक्षण पेशाकाे अनुभवि हुनुहुन्छ , नवनिर्वाचित सदस्यहर बारका अनुभवि सदस्यहरु हुनु हुन्छ । हाल देशका ८९ वटा बार इकाइ मध्ये कञ्चनपुर जिल्ला अदालत बार अग्रणि बार मानिन्छ । यसबाट नेपाल बारकाे केन्द्रीय उपाध्यक्ष , नेपाल बार काउन्सिल काे काउन्सलर समेत यसबाट भइ सक्नु भएकाे छ । 

नवनिर्वाचित अध्यक्ष सिहले कानुन व्यवसायिकाे क्षमता विकासमा बार अग्रस्थानमा रहने र आगामी दिनमा कानुन व्यवसायीका सवालमा गतिलाे ढंगले बार प्रस्तुत हुने बारले आगामी दिनमा बार र बेञ्च विच असल सम्बन्ध कायम गरि जनतालाइ न्यायमा पहुच पुगाउन बार अग्रस्थानमा रहने धारणा ब्यक्त गर्नु भयाे ।


#कंचनपुर जिल्ला बार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>