Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २८ गते सोमबार

तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्न सिफारिस
फायल फाेटाे

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले केन्द्र र प्रदेश सरकारका बिचमा आवश्यक समन्वय गर्न सरल र सहज होस् भन्ने उद्देश्यले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई बनाउन लागिएको बताएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 
प्रवक्ता शर्माले भनिन्,‘प्रदेश र केन्द्र सरकारका बिचमा आवश्यक समन्वय जरुरी हुन्छ । अहिले हामीले प्रदेशहरुमा देखिरहेका छौँ । कतै विश्वासको मत फिर्ता लिने । कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भइराखेको छ । त्यसकारण राजनीतिक रुपमा सरल होस् । सहज होस् । र केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भन्ने उद्देश्यले गरिएको हो ।’
सरकारले मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएर नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँ सिफारिस गरेको छ । 

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>