Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २९ गते मङ्गलबार

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उमेदवार दहाल निर्वाचित
फायल फाेटाे

राष्ट्रिय सभाकाे अध्यक्षमा सत्ता गठबन्धनका उमेदवार नारायण प्रसाद दहाल निर्वाचित भएका छन ।
सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा दहालकाे पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत खसेको भन्दै दाहाललाई निर्वाचित भएको घोषणा गरिन् । 
२०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल पुराना वामपन्थी नेता हुन् । उनी बुबा स्व.कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालको पहिलो सन्तान हुन् । २०१९ सालमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परिवारसँगै दाहालका परिवार चितवनको शिवनगरमा बसाइँ सरी आएका थिए । प्रचण्ड र नारायणका हजुरबा दाजुभाइ हुन् । 
नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्दागर्दै उनी अनेरास्ववियुमा आकर्षित भए । प्रचण्डसँगै दाहाल २०२७ सालमा अनेरास्ववियुमा लागेका थिए । २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा पूर्णकालीन सदस्य भए । दाहालले २०३६ सालमा भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट स्नातक अध्ययन गरेका थिए । लामो समय प्रवासमा रहेर काम गरेका उनी २०३८ सालमा अखिल भारत एकता समाजको केन्द्रीय महासचिव भए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>