Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २९ गते मङ्गलबार

सत्ताधारि नेताकै गृह नगरमा नागरिक नागरिकता पाउन बाट बन्चित ।

कचनपुरमा सत्ताधारि नेताहरुकै क्षेत्रमा महिना दिनदेखि नागरिकताबाट नागरिक बञ्चित भएका छन ।
पुनर्वास–कञ्चनपुरको दक्षिणी क्षेत्रको सहजताका लागि राखिएको ईलाका प्रशासन कार्यालय त्रिभुुवनबस्तीमा महिना दिन देखि नागरिकता वितरण कार्य रोकिएको छ ।
सत्ताधारि पार्टि एमाले र माओवादि केन्द्रमा अब्बल नेताका गृह नगरमा महिना दिन देखि नागरिकता प्राप्त गर्नबाट यस क्षेत्रका नागरिकहरु बञ्चित हुँदा समेत समस्या समाधान हुन सकेको छैन् ।
महिना दिन देखि नागरिक नागरिकताबाट बञ्चित भएको विषयमा नेकपा (एमाले) नेता तथा कंचनपुर क्षेत्र १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङसँग बुझ्दा बारम्बार यस विषयमा पहल गरिरहेको, हिजो मात्रै  गृहसचिवको सरुवा भएको भन्ने सुने, भोली फेरी एक पटक मन्त्रालयमा जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्य जिल्लाकै पावरफुल नेताका रुपमा मानिन्छन् । उहाँ यस अघि सुदुरपश्चिम प्रदेशका अर्थमन्त्री पनि हुन् । 
त्यस्तै, यसै क्षेत्रकी पूर्व प्रतिनिधि सभा सदस्य बीना मगर संग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उँहा गत निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भई मन्त्री समेत भएकि हुन । माओवादि केन्द्रबाट सुदुरपश्चिम प्रदेश सह ईन्चार्ज समेत हुन ।
उहाँहरुले पहल गर्दा गर्दै एक महिना सम्म पनि प्रशासन जस्तो कार्यालयको सेवाबाट नागरिक बञ्चित हुनु निकै लज्जास्पद र ठुलो बिडम्बनाको विषय भएको स्थानीयहरुको भनाई छ । तर स्थानीयहरुको अर्को बुझाईमा भने समस्याका विषयमा कसै जनप्रतिनिधि र नेताहरुलाई चासो नभएको विश्लेषण छ ।
यसक्षेत्रमा रहेका अन्य प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुको पनि पहुँच नभएको भने होईन तर एकले अर्कालाई पर्खेर नागरिकका पिडामाथी रमिता हेर्ने गरेको स्थानीयहरुको आरोप छ । 

दुई वर्ष देखि कार्यालयमा बिधुतको वैकल्पिक व्यवस्था छैन ?
ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा करिब दुई वर्ष भन्दा बढि देखि बिधुतको वैकल्पिक व्यवस्था नहँदा पनि यस क्षेत्रका नागरिकहरुले समस्या खेप्दै आउनु परेको छ । 
पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको नागरिकता बन्ने कार्यालयका रुपमा ईलाकालाई जिम्मेवारी भएपनि बिधुत अवरुद्ध हुँदा दैनिकै कामकाज ठप्प हुने गरेको छ । यस विषयमा तीनै पालिकाले उक्त समस्या समाधान गरिदिए नागरिकले बिधुत नहँदा पनि सरल रुपमा सेवा लिनसक्ने र कसैलाई पनि सास्ती नहुने स्थानीय युवा नन्दराज जोशीले भनाई छ । तर यसमा पनि कसैको चसो देखिन्न । 
दैनिकै फर्कन्छन् नागरिक ?
नागरिकताका लागि ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा तीनै पालिकाबाट आउने नागरिकहरु दैनिकै कार्यालयमा पुगेर फर्कने गरेका छन् । 
कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कहिले नागरिकता बन्छ भन्ने विषयमा प्रष्ट जवाफ नहुँदा नागरिक दैनिकै फर्कने गरेका हुन् । 
जिम्मेवारीका विषयमा सिडियो नै अनविज्ञ ?
ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी पाएका नासु डम्बर सिँह खड्काको समयावधी नथपेको एक महिना हुँदा पनि कहिेले जिम्मेवारी आउँछ भन्ने विषयमा कञ्चनपुरका  सिडियो गोपाल कुमार अधिकारी पनि अनविज्ञ देखिन्छन् । 
सिडियो अधिकारी भन्नुहुन्छ,“बेलाबेलामा जिल्लाबाट पठाएर गराएका छौ । भोली देखि केहि दिन अझै जिल्लाबाटै पठाउँदै छौं । मन्त्रालयसँग बुझ्दा प्रक्रिया हुँदैछ भन्ने प्रतिक्रिया आएको छ ।”


#नागरिकता बाट बन्चित

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>