Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० फागुन ३० गते बुधबार

दोधारा चाँदनीमा जग्गाधनी पुर्जा वितरण, स्थानियहरुमा खुशीयाली

दोधारा चाँदनीमा पहिलो चरणको जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयमा आयोजित एक कार्यक्रमको बिच सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले जनाएका छन् । 
जग्गाधनी प्रमाण पुर्जा बितरणमा दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भान देव भट्ट, सुचना अधिकृत डम्मर अवस्थी, दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावल, दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्ट, दोधारा चाँदनी– ४ का वडा सदस्य गगन बहादुर सिंह लगाएत जनप्रतिनिधी, स्थानियहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पहिलो चरणको जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । 
‘दोधारा चाँदनीमा पहिलो चरणको जग्गाधनी पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ् । लालपुर्जा प्राप्त गर्नुहुने सम्पर्ण आदरणीय मानुभावहरुमा हार्दिक बधाई । नापीको काम आजैबाट बैज्ञानिक प्रविधी युक्त मसिन प्रयोगबाट काम शुरु गरिदै छ् । र पुर्जा तयारीको लागि जिल्लामा नगरपालिकाकै दुई जना कर्मचारी खटाई सकिएको छ्  । तसर्थ अब २/२ महिनामा पुर्जा वितरण कार्य गरिने सर्वसाधारणको लागि जानकारी गराउदछु’ दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् । 
दोधारा चाँदनी– १ का डम्मर बहादुर सेठी, धर्मराज सेठी र दोधारा चाँदनी– २ का महेश सिंह धानुक, दान सिंह साँउद, नन्दा देबी रावल, धन सिंह साँउद, अशोक बहादुर चन्द, धर्मा देबी नायक, मान बहादुर धामी, दान सिंह बोहरा, प्रेम सिंह भण्डारी, बलदेव सिंह साँउद, रामु देबी चन्द, केशव सिंह धामी, महाविर सिंह धामी, पार्वती देबी धामी, गणेश दत्त जोशी, अम्बा देबी चन्द, कृष्ण देबी चन्द, राम देबी चन्दलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले बताएका छन् । जग्गाधनी प्रमाण पुर्जा पाएसंगै स्थानियहरुमा खुशीयाली छाएको छ् ।


#पुर्जा बितरण

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>