Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०१ गते बिहिबार

आर्जु राणा देउवा र दलित छात्रावास अबैध भन्दै क्रान्तिकारिकाे ब्यानर पर्चा टास

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरले सुदूरपश्चिम दलित छात्राबासका अध्यक्ष हरिहर परियारको तस्बिर सहितका पर्चा भीमदत्त नगर विकास समितिमा टाँस गरेको छ । संगठनले बिहीबार अध्यक्ष परियारको तस्बिर सहित नगर विकास समितिको प्रवेशद्वारमा पर्चा टाँस गरेको हो ।

प्रवेशद्वारमा टाँस गरिएका पर्चामा नगर विकास समितिको जग्गामा अवैध छात्राबास बनाउने यी हुन् भीमदत्तका कार्यपालिका सदस्य हरिहर परियार, राष्ट्रिय सम्पत्तिको रक्षा गरौ उल्लेख गरिएको छ ।


भीमदत्त नगर विकास समितिका अध्यक्ष पदम बोगटीलाई भूमाफियाको संरक्षण कहिलेसम्म भन्ने प्रश्न सोधिएको पर्चा पनि टाँस गरिएको छ ।

भीमदत्त नगर विकास समिति स्वामित्वको जग्गामा १० वर्षदेखि बनाउन थालिएको छात्राबासमा बुधबार छत ढलान गरिएको थियो । तत्कालिन महेन्द्रनगर विकास समितिको जग्गामा अवैध निर्माणाधिन भवनमा सरकारी बजेट खर्च भएको छ । पछिल्लो पटक संघ सरकारले छात्राबासका लागि २० लाख रुपैँया दिएको थियो ।

यस्तै काग्रेश नेता तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आर्जु राणा देउवाकाे टिकापुर नगरपालीका स्थित जग्गा समेत अबैध भन्दै कालाे ब्यानर टास गर्दै याे राज्यकाे सम्पत्ति हाे याे टिकापुर नगर बिकास लाई हस्तान्तरण गर्न अपिल गर्दछाै लेखेकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>