Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०१ गते बिहिबार

पुर्व प्रधानमन्त्री ओलीद्वारा दोधारा चाँदनी ६ वडा भवन उद्घघाटन, सरकार ढल्न दिदैनौ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न नदिने बताएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार ढल्न नदिने बताएका हुन । 
बिहीबार दोधारा चाँदनी नगरपालिका– ६ नम्बर वडा भवनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सरकार ढल्न नदिएकै विकास निर्माणका काम गर्ने बताए । ‘काँग्रेस किन  सरकारबाट हट्यो ?, ‘ओलीले भने, ‘‘एमाले सरकारमा गएपनि नगएपनि शक्ति भएको बताउदै कसैले एमालेलाई आँखा चिम्केर हिड्ने हिडे त्यो धोका हुन्छ ।’ राष्ट्रिय एकता, सार्बभौमिकता एव भ्रष्टाचार बिरुद्ध, सुशासनको मामिलामा सबै राजनीतिक दल एकजुट हुुनु पर्नेमा ओलीले जोड दिए । 
आफु दोधारा चाँदनी पहिलो पटक आएको बताउदै उनले भूमिगत जिवन देखि डेढ दशक अघि मात्रै पनि आएको बताए । आफु दोधारा चाँदनी नआएका नचिनेको भए कसरी बन्यो सुक्खा बन्दरगाह र महाकाली पुल भन्दै उनले प्रश्न राखे ? दोधारा चाँदनीका जनताको सुविद्याका लागि महाकाली सन्धीमा १० क्युसेक पानी उपलब्ध गराउन गरिएको सन्धी कार्यान्वयनका लागि आफुले पटक पटक भारतीय सरकार संग पहल गरेको बताए । 
अध्यक्ष ओलीले कृषि उत्पादनका काम काजमा खटिन समेत आव्हान गरेका छन् । महाकाली नदीको स्रोत संकलनका लागि आफुले सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराएको बताए । दोधारा चाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले सीमावर्ती दोधारा चाँदनी नगरका समस्या बारे पुर्व प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउदै समाधानका लागि माग अघि सारेका छन् । मेयर लिम्बुले महाकाली नदी, जगबुढा, मलरिया नदीको तटबन्ध, छोटी भन्सार पुर्नस्थापना, सुक्खा बन्दरगाहको काम अघि बढाउन लगाएतका माँग अघि सारेर ज्ञापन पत्र बुझाए । 
यसै गरी सुप विश्वविद्यालयको आगिक क्याम्पसका लागि निर्णय भएको भानु बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष भरत दत्त भट्टले समायोजक प्रकृयाका लागि पुर्व प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाए । दोधारा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेतले नयाँ भवन उद्घाटन संगै वडाका कामकाज गुणस्तरिय बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । वडाध्यक्ष बस्नेतले भवन उद्घघाटनका लागि आएका पार्टी अध्यक्ष एव पुर्व प्रधानमन्त्री सहितको टिम प्रति अभार प्रकट गरेका छन् ।


#दाेधारा चाँदनीमा ओली

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>