Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०३ गते शनिबार

कंचनपुरमा अनुमति बिना काठ कटान चिरान हुँदै, तस्करि भएकाे सम्बन्धित कार्यालयलाई छैन पत्ताे ।

कंचनपुरमा अनुमति बिना नै काठ कटान चिरान भैैईरहेकाे छ । शुक्रवार कंचनपुरकाे कृष्णपुर नगरपालीका ८ रैकवार बिचवा स्थित बिरेन्द्र सामुदायिक बनकाे काठ स्थानिय कालिका भेनियर उद्याेग (काठ चिर्ने मिल) मा चिरानका लागि लगेकाे भनी स्थानियले वनलाई खबर गरेपछि ढिलागरि वन कार्यालयका कर्मचारि उक्त ठाउँमा पुगेका थिए ।
वनका कर्मचारि मिलमा पुगिसकेपछि उक्त ठाउँ हेर्ने वनका रेन्जर नवीन सिहले समृद्धि पाेष्टलाइ फाेन सम्पर्क गरि खामा खुट्टा र १-२ बल्लि भएकाे बताएका थिए । यता समृद्धि पाेष्टले सुचना पहिल्याउदै जादा काठ बढि हुन सक्ने बिषय डिभिजन बन प्रमुख संग राखेपछि अवेर साझ पर्दा सम्म बिरेन्द्र सामुदायिक वनकाे ९६.३५ र शिवदास रानाकाे ४६.६ क्यू फिट काठ भेटिएकाे भनेकाे छ । यस्ताे काठ सामुदायिक वन वा अरु कसैले पनि ओसार पसार आदि गर्न वनबाट अनुमति लिनुपर्ने ब्यावस्था रहेकाे र यी कसैले पनि अनुमति नलिई आफ्नै तरिकाले काटेकाे चिरान गर्न लगेकाे डिभिजन वन कंचनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताउनु भएकाे छ । 
यस्तैगरि शुक्रवार नै प्रहरिले कञ्चनपुर लालझाडी गाँउपालीका वडा नं.४ जाईशिबिर बस्ने जितेश रानाले रागा गाडा (डल्लब) मा ल्याउदै गरेको बिभिन्न साईजका सालको काठ १५ गोलिया  (२०.९१ क्यू .फिट) अबैध काठ बरामद गरी गाडा र मानिस समेत आवश्यक कार्वाहीको लागि वनमा पठाएकाे छ । यस्तै अर्काे एक सानाे ट्रकमा पनि काठ दैजिवाट बरामद गरि डिभिजन वन कार्यालयलाई बुझाएको छ ।
यसरी एकै दिन तीन तर काठ तस्करि भईरहदा समेत वनलाई समयमा जानकारी हुन सकिराखेकाे छैन अथवा वनका कर्मचारिकाे मिलाेमताे भईरहेकाे छ कि भन्ने शंका स्थानियहरुमा भएकाे छ । मिलाेमताे हुनैनसक्ने कानुन अनुसार काम कार्वाहि हुने डिभिजन वन प्रमुखकाे दाबि रहेकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>