Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०४ गते आइतबार

विशेष अदालतमा हाई प्राेफाईल मुद्दा प्रतक्ष प्रसारण हुने

विशेष अदालतले ‘हाइप्रोफाइल’ संलग्न मुद्दाको बहस अनलाइनबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अदालतलाई डिजिटाइजेसन गर्ने उद्देश्य अनुरूप जनचासो रहेका मुद्दाको बहस अनलाइनबाट प्रसारण गरिन लागेको हो ।
यसका लागि सर्वोच्च अदालतसँग अनुमति मागिएको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए । उनका अनुसार सबै काम योजना अनुरूप भए चैत महिनाभित्रै प्रत्यक्ष प्रसारणको काम सुरु हुनेछ ।
“हाइप्रोफाइल व्यक्तिहरू सम्मिलित मुद्दामा धेरैको चासो हुनाले सुनुवाइ हुँदा इजलास भरिभराउ हुने गरेको छ । अब के-कसरी गर्ने भनेर निश्चित भएपछि हामी बहस लाइभ गर्छौं । अहिले प्राविधिक तयारी गरिरहेका छौं,” उनले भने ।
सुनुवाइको प्रत्यक्ष प्रसारण गर्दा सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी समेत हुने विश्वास गरिएको छ । विशेष अदालतले यसअघि बकपत्र भर्चुअल रूपमा हुने व्यवस्था गरिसकेको छ । अब त्यसलाई थप व्यवस्थित गर्ने र कानून व्यवसायीले घरबाटै बहस गर्न सक्नेजस्ता सुविधा थप्ने अदालतकाे योजना छ ।


#विशेष अदालत

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>