Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०५ गते सोमबार

कंचनपुर एमाले अधिवेशनमा पदाधिकारि सहमतिमा टुङ्याएकाे नेताहरुकाे दाबि बिवाद कायमै

कंचनपुर एमाले जिल्ला अधिवेशन सहमतिकाे प्रयास जारि, पदाकारिम टुङ्गाेे लागेकाे नेताहरुकाे दाबि, यद्यपि अहिले सम्म आधिकारिक जानकारी बाहिर आएकाे छैन ।

नेताहरुका अनुसार पदाधिकारी उम्मेदवारलाई अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव टुङ्गो लागेको हो । कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाको नेतृत्वमा पदाधिकारी टुङ्गो लागेको छ । जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट र उप सचिवमा राजीव खड्का र अशोक चन्दमा सहमति जुटेको हो । उप सचिव चन्द अध्यक्षका उम्मेदवार हुन् ।

अध्यक्ष ओलीले अधिवेशन उद्घाटनमा बुढा र सचिव भट्टलाई यथावत राख्न निर्देशन दिएका थिए । त्यसपछि अध्यक्ष मण्डलले अध्यक्ष र सचिव बाहेकका अन्य पदमा सहमति जुटाउने प्रयास गरेको थियो ।

अध्यक्ष मण्डलको सहमतिपछि उपाध्यक्षबाट विष्णु अवस्थी, विष्णु कँडेल र हिरा चन्द बाहिर बाहिर राखिएका छन् । उपाध्यक्षमा अवस्थी सहित चार जना उम्मेदवार थिए ।

सचिवमा कर्ण बहादुर चन्द र राधाकृष्ण जोशी उम्मेदवार हुन् । चन्दले अधयक्ष मण्डलको सहमतिमा असन्तुष्ट भएका छन् । उनले चुनाव हुनु पर्ने माग राखेर विहान निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

आठौं अधिवेशनमा निर्वाचित पदाधिकारीमध्ये चन्द मात्रै बाहिर परेका हुन् । आठौंबाट उपाध्यक्ष निर्वाचित बुढा अध्यक्ष र सचिव भट्ट सचिवमा दोहोरिएका छन् । उप सचिव चन्द बाहिरिएका हुन् ।

१ सय २० सदस्यीय जिल्ला कमिटीमा पाँच पदाधिकारी छन् । उप सचिवमध्ये खड्का आठौं अधिवेशनमा सदस्य निर्वाचित भएका हुन् । चन्द सचिवमा पराजित भएका थिए ।

उप सचिवमा सबैभन्दा बढी १० जना आकाँक्षी थिए । उप सचिवका उम्मेदवार जगत बहादुर सिहले अध्यक्ष मण्डलको सबैले मान्नु पर्ने बताए । ‘निर्णयमा कमजोरी होलान, असन्तुष्टि होलान तर पार्टीले निर्णय गरेपछि मान्नु पर्छ’ उनले भने ।

अध्यक्ष मण्डलको निर्णयमा असन्तुष्ट नेताहरुले भने पदाधिकारीका उम्मेदवार सहितको बैठकको भावना विपरित सहमति खोजिएको बताए । ‘हिजो अध्यक्ष मण्डलसित जे जसरी सहमति जुटाउने गरी सहमति गरिएको थियो, त्यसको भावना विपरित यो निर्णय आएको छ’ ती नेताहरुले भने,‘सबैलाई मिलाएर लग्नु पर्छ भन्ने भावना विपरित यो निर्णय आएकाले मान्य हुँदैन ।’

जिल्ला उपाध्यक्षका उम्मेदवार हिरा चन्दले भने अध्यक्ष मण्डलले गरेको निर्णयमा आफ्नो असन्तुष्टि नरहेको बताए । ‘हिजो उम्मेदवार सहित सबैब बसेका थियौ, त्यहाँ अध्यक्ष मण्डलले भनेको निर्णय मान्छौ भनेर सहमति गरेका हौ, त्यस अनुसार मान्नु पर्छ’ उनले भने ।


#एमाले कंचनपुर अधिवेशन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>