Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०६ गते मङ्गलबार

कंचनपुर एमाले पदाधिकारिकाे सफथ सम्पन्न, सदस्यहरु बाकि

एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट निर्विरोध पदाधिकारीले सोमबार राति पद तथा गोपनियताको शपथ खाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जिल्ला अध्यक्ष सहित पदाधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
होटेल ओपेरामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय आयोगका सदस्य मनोज खड्काले अध्यक्ष लक्ष्मी बुढालाई शपथ खुवाए । त्यसपछि अध्यक्ष बुढाले कमिटीका उपाध्यक्ष सचिव र उप सचिवलाई शपथ ग्रहण गराएकी हुन् ।
नवौ अधिवेशनबाट अध्यक्ष बुढा सहित उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट र उप सचिवमा राजीव खड्का र अशोक कुमार चन्द निर्विरोध भएका हुन् ।
अध्यक्ष मण्डलले पदाधिकारीका सबै उम्मेदवारसित बसेर छलफल गरी सहमति गरेपछि अन्यले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध भएका हुन् । अध्यक्ष ओलीले उनीहरु सबैलाई फूलमाला लगाएर बधाई दिएका छन् । 
शपथ ग्रहण कार्यृक्रममा अध्यक्ष ओलीले पार्टीलाई मिसन ८४ का लागि केन्द्रित गर्न निर्देशन दिए । उनले गुटबन्दीले पार्टी कमजोर हुने भएकाले जिल्ला कमिटी सहित सबै नेताले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।जिल्ला कमिटीका सदस्यहरुको शपथ भने अर्को दिन गरिने भएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>