Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० चैत ०८ गते बिहिबार

दोधारा चाँदनीको निशुल्क १३ सय बढी जनाको आँखा जाँच

दोधारा चाँदनी नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ् । नेपाल च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धनगढी नेत्रालय प्रालि. र वडा कार्यालयको सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीको आयोजनामा निशुल्क आँखा शिविर दोधारा चाँदनी नगरपालिका– १ देखि वडा नं. ५ सम्म सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सभापती गोपाल जोशीले जानकारी दिएका छन् 
। दोधारा चाँदनी नगरपालिका– १ देखि ५ वडा सम्ममा १ हजार ३ सय ६९ जना आँखामा समस्या भएकाहरुले आँखा जाँच गरेका छन् । यस्तै शिविरमा निशुल्करुपमा २ सय ८५ जनालाई चश्मा बिरतण गरिएको र १ सय ९८ जना आँखाका रोगीहरुलाई शल्यक्रियाको लागी सिफारिस गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सचिव डम्मर दत्त भट्टले जानकारी दिएका छन् । आँखा शिविरमा निशुल्क औषधी समेत बितरण गरिएको छ् । 
चैत्र ३ गतेबाट दोधारा चाँदनीमा संचालन भएको निशुल्क आँखा शिविर संचालन गर्न सबैले सहयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीले सबैमा धन्यबाद दिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ माहाकाली आदर्श माबि, वडा नं. २ को हुनैनाथ मन्दिर नजिक, वडा नं. ३ को वडा कार्यालयमा, वडा नं. ४ को चाँदनी स्वास्थ्य चौकीमा र वडा नं. ५ को वडा कार्यालयमा निशुल्क आँखा शिविर संचालन भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सभापती गोपाल जोशीले बताएका छन् । आँखामा मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका रोगीहरुलाई छनौट गरि धनगडी नेत्रालय प्रालि. आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सभापती गोपाल जोशीले बताए ।


#आँखा जाँच

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>