Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०९ गते शुक्रबार

माेतिपुरमा शिकारिकाे पासाेेमा  चितुवा परेपछि, भिडियाे सहित
फायल तस्बिर

कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका १ मोतिपुरमा शिकारीको पासोमा एक चितुवा परेको हो । दिपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले शिकारजन्य गतिबिधीमा संलग्न गिरोहले बन्यजन्तुका मार्नका लागि बिछाएको जालोमा चितुवा परेको बताए । ‘चितुवा परेको खबर हामीलाई हिजै राती आएको थियो, ‘उनले भने, ‘उद्दारका लागि राती सम्भव भएन, प्राविधिक टोली लगेर उद्दार गछौँ ।’ अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठिकै रहेको र खुट्टामा चोट लागेको अनुमान गरेको उनले बताए ।

‘शुरुमा हामी उद्दार गर्दै उपचार गछौँ, त्यसपछि निकुञ्ज वा कहाँ कुन वनमा लगेर छाड्ने विषयमा अवस्था अनुसार अघि बढ्छौँ ।’ सरक्षणकर्मीहरुले समयमै चितुवाको उद्दार हुनुपर्ने बताएका छन । सरक्षणकर्मी एव सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले उद्दारमा ढिलाई गर्न नहुने बताए । उनले एकातिर वन सरक्षणले वन्यजन्तुको गतिबिधी बढिरहेको र अर्कातिर शिकारी तस्कर समुहले वन, बन्यजन्तु सरक्षण चुनौती थपिदिएको भन्दै त्यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए । यसैविच उक्त चितुवा फेला परेको केही किलोमिटर पश्चिम तर्फ सिसैया गाँउमा रहेको एक सःमिलबाट अवैध काठ सहित संचालकलाई समेत वनको टोलीले पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत अमर धामीले शुक्लाफाँटा नगरपालिका ९ सिसैया स्थित महरा काष्ठ उद्योग तथा सःमिलबाट ३सय बढि क्युफिट काठ सहित संचालक शंकर महरालाई पक्राउ गरिएको छ । सरक्षणकर्मीहरुले जिल्लाको उत्तरी चुरे ब्रम्हदेबदेखि मालुबेलासम्म चोरीतस्करी जस्ता वन,बन्यजन्तु अपराध बढिरहेकाले नियन्त्रणमा जोडदिएका छन । यसरी पासो थाप्ने शिकारी समुहको पहिचान गरेर कार्बाहीको समेत माग अघि सारिएको छ ।


#शिकारिकाे पासाेमा चितुवा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>