Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०९ गते शुक्रबार

माेतिपुरमा शिकारिकाे पासाेेमा  चितुवा परेपछि, भिडियाे सहित
फायल तस्बिर

कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका १ मोतिपुरमा शिकारीको पासोमा एक चितुवा परेको हो । दिपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले शिकारजन्य गतिबिधीमा संलग्न गिरोहले बन्यजन्तुका मार्नका लागि बिछाएको जालोमा चितुवा परेको बताए । ‘चितुवा परेको खबर हामीलाई हिजै राती आएको थियो, ‘उनले भने, ‘उद्दारका लागि राती सम्भव भएन, प्राविधिक टोली लगेर उद्दार गछौँ ।’ अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठिकै रहेको र खुट्टामा चोट लागेको अनुमान गरेको उनले बताए ।

‘शुरुमा हामी उद्दार गर्दै उपचार गछौँ, त्यसपछि निकुञ्ज वा कहाँ कुन वनमा लगेर छाड्ने विषयमा अवस्था अनुसार अघि बढ्छौँ ।’ सरक्षणकर्मीहरुले समयमै चितुवाको उद्दार हुनुपर्ने बताएका छन । सरक्षणकर्मी एव सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले उद्दारमा ढिलाई गर्न नहुने बताए । उनले एकातिर वन सरक्षणले वन्यजन्तुको गतिबिधी बढिरहेको र अर्कातिर शिकारी तस्कर समुहले वन, बन्यजन्तु सरक्षण चुनौती थपिदिएको भन्दै त्यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए । यसैविच उक्त चितुवा फेला परेको केही किलोमिटर पश्चिम तर्फ सिसैया गाँउमा रहेको एक सःमिलबाट अवैध काठ सहित संचालकलाई समेत वनको टोलीले पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत अमर धामीले शुक्लाफाँटा नगरपालिका ९ सिसैया स्थित महरा काष्ठ उद्योग तथा सःमिलबाट ३सय बढि क्युफिट काठ सहित संचालक शंकर महरालाई पक्राउ गरिएको छ । सरक्षणकर्मीहरुले जिल्लाको उत्तरी चुरे ब्रम्हदेबदेखि मालुबेलासम्म चोरीतस्करी जस्ता वन,बन्यजन्तु अपराध बढिरहेकाले नियन्त्रणमा जोडदिएका छन । यसरी पासो थाप्ने शिकारी समुहको पहिचान गरेर कार्बाहीको समेत माग अघि सारिएको छ ।


#शिकारिकाे पासाेमा चितुवा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>